डोटीको बडिकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी « Khabarhub

डोटीको बडिकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो ।

निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल) ले दुई हजार ४०७ मत प्राप्त गरी विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गरेका छन् । गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) का भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की देवीसरा घर्तीले ८३२ मत प्राप्त गरिन् ।

यसैगरी वडा नं १ बाट वडाध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं २ बाट नेकपा (माओवादी केन्द्र) का प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा (एमाले) का कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदमसिंह बोहरा विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ११ : २५ बजे

जेन-जी मुभमेन्टले राष्ट्रपतिलाई भन्यो : संसद् जीवितै छ, अध्यादेश अस्वीकृत गर्नुस्

काठमाडौं– जेन-जी मुभमेन्ट नेपाल ले प्रस्तुत अध्यादेश अस्वीकृत गर्न राष्ट्रपति

नरैनापुरमा आगलागीबाट १३ घरगोठ जलेर ध्वस्त

राँझा– बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३

गोकुलगंगाले मानेन संघीय सरकारको निर्णय, आइतबार पनि कार्यालय र विद्यालय खुल्ने

रामेछाप– यहाँको गोकुलगंगा गाउँपालिकाले अब आइतबार पनि सरकारी कार्यालय, विद्यालय

भुम्लुका २३५ किसानलाई अनुदानमा मिनीटिलर

धुलिखेल– यहाँको भुम्लु गाउँपालिकाका किसानलाई अनुदानमा मिनीटिलर वितरण गरिएको छ

न्याय परिषदका सचिव थपलिया सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा न्यायाधीश सिफारिस

काठमाडौं- न्याय परिषदका सचिव जितेन्द्रबाबु थपलिया उच्च अदालत, सुर्खेतको न्यायाधीशमा