हंगेरीकी नयाँ राष्ट्रपतिद्वारा युक्रेनमा जारी रुसी आक्रमणको निन्दा, मंगलबार पोल्याण्डको भ्रमण गर्ने | Khabarhub Khabarhub

हंगेरीकी नयाँ राष्ट्रपतिद्वारा युक्रेनमा जारी रुसी आक्रमणको निन्दा, मंगलबार पोल्याण्डको भ्रमण गर्ने


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हंगेरीकी नयाँ राष्ट्रपति क्याटलिन नोभाकले युक्रेनमाथि रुसी आक्रमणको निन्दा गरेकी छिन् । शनिबार नयाँ राष्ट्रपतिको पदभार ग्रहण गर्ने क्रममा राष्ट्रपति नोभाकले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

साथै उनले आफ्नो पहिलो विदेश भ्रमण पोल्याण्डबाट शुरु गर्ने समेत बताएकी छिन् । पोल्याण्ड र हंगेरी पूर्वी युरोपमा परम्परागत साझेदारहरू हुन् ।

यसअघि हंगेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानले रुसमाथि प्रतिबन्धात्मक कदमहरू चाल्न एवम् युक्रेनलाई हतियार आपूर्ति गर्न आनाकानी गरेसँगै हंगेरीको सम्बन्ध युरोपका अन्य मुलुकजस्तै पोल्याण्डसँग पनि चिसिएको छ ।

राष्ट्रपति नोभाकले पोल्याण्डको राजधानी वार्साको भ्रमण यही मंगलबार गर्ने समेत रोयटर्सले जनाएको छ । ‘पोलिश जनताका राष्ट्रपति, प्यारा आन्द्रेई (डुडा) लाई भेट्न १७ मे, मंगलबारका दिन म वार्साको भ्रमणमा जाँदैछु, मिल्ने साथीसँग जस्तै कुराकानीको अवसरप्रतितपाईँलाई धन्यवाद दिन चाहन्छु ।’ नोभाकले पदभार ग्रहण गर्ने क्रममा गरेको सम्बोधन उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

उनी गत मार्च महिनामा नयाँ राष्ट्रपति निर्वाचित भएपनि उनले पदभार भने शनिबारमात्रै ग्रहण गरेकी हुन् । प्रधानमन्त्री ओर्बानको साझेदार एवम् फिडेज पार्टीकी पूर्वसांसद् रहेकी उनी हंगेरीकी प्रथम महिला राष्ट्रपति बनेको रोयटर्सले जनाएको छ ।

‘हामी (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनको आक्रामक, सार्वभौम मुलुकमाथि सैनिक आक्रमणको निन्दा गर्दछौँ । सोभियत संघ ब्युँताउने जस्तोसुकै प्रयासलाई पनि हामी अस्वीकार गर्छौँ ।’ उनले भनिन् ।

उनले शान्तिप्रिय हंगेरियन नागरिकका विरुद्धमा पनि युक्रेनमा जारी युद्ध चलिरहेको उनको भनाइ छ । उनले रुसी पक्षबाट युक्रेनमा भएका भनिएका युद्ध अपराधको अनुसन्धानको माग समेत गरेको जनाइएको छ ।

यसअघि ओर्बानले पनि युक्रेनमाथि रुसी आक्रमणको निन्दा गरेका थिए । यद्यपि उनले राष्ट्रपति पुटिनविरुद्ध व्यक्तिगत आलोचना गर्न आनाकानी गरिरहेका थिए ।

यसबाहेक उनी रुसी उर्जामाथि प्रतिबन्ध लगाउनुपर्ने युरोपेली युनियनको प्रस्तावको विपक्षमा समेत रहँदै आएका छन् ।

रुसी तेलमा निर्भर बुल्गेरिया, चेक गणतन्त्र, हंगेरी, स्लोभाकिया जस्ता मुलुकले युरोपले प्रस्ताव गरेको नयाँ प्रतिबन्धलाई लिएर आनाकानी गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : १४ बजे

मनिता मृत्यु प्रकरण : चिकित्सकको पक्षमा काउन्सिल, निर्णय एकपक्षीय भएको पीडितको आरोप

उपचार क्रममा गरिएको लापरवाहीका कारण श्रीमती मनिता शर्माको मृत्यु भएको

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

एजेन्सी– रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय संकट अन्त्य

एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैलाई छैन : पदम गिरी

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले एमालेको आडमा अराजकता

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारिसाधन बाहिरिन पाउने

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात