ताराखोला गाउँपालिकामा गठबन्धन विजयी « Khabarhub

ताराखोला गाउँपालिकामा गठबन्धन विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक विजयी भएका छन् ।

उनले दुई हजार २८५ मत प्राप्त गर्दा उहाँका निकटतम  प्रतिद्वन्द्वी  स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले दुई हजार ९० मत प्राप्त गरे।

उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोकाले तीन हजार ४०३ मत प्राप्त गरेर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी छममाया घर्तीले ५६१ मत ल्याए ।

यस्तै पालिकाका पाँच वटै वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  वडा नं १ मा यम बहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ मा जीतबहादुर खत्री र ५ मा मनबहादुर खत्री विजयी भएका छन् । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धनको प्यानलै विजयी भएका हुन्  ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : २१ बजे

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय

नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

काठमाडौं– नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा क्षत्री नियुक्त भएका छन्

ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई योगेश भट्टराईले गरे सलाम

काठमाडौं- एमाले उपमहासचिवमा निर्वाचित भएका योगेश भट्टराईले पार्टीको महाधिवेशनमा प्यानलको

ओलनिकट मानिने ‘ग्याङ अफ फोर’ लाई धक्का, विष्णु रिमाल पराजित

काठमाडौं– नेकपा एमालेमा ‘ग्याङ अफ फोर’ भनेर परिचित भएको टिमबाट

एमालेका १९ पदाधिकारीमा उठेकामध्ये जसले जिते, जसले हारे (मत परिणामसहित)

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये १७ जना अध्यक्ष केपी