गोकर्णेश्वर-४ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार महत निर्वाचित | Khabarhub Khabarhub

गोकर्णेश्वर-४ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार महत निर्वाचित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत वडा अध्यक्षमा विजयी भएका छन् ।

लौरो चुनाव चिह्न पाएका उनी एक हजार २७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । महतका निकटतम प्रतिद्धन्द्धि एमालेका श्रीकुमार श्रेष्ठले ९२९ मत ल्याए भने कांग्रेसका ज्ञानकुमार श्रेष्ठले ७९४ मत ल्याएका थिए ।

कांग्रेसले उम्मेदवार बन्न नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका महतलाई नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनले साथ दिएको थियो ।

वडा सदस्यमा कांग्रेसबाट दलित महिला सदस्यमा सुनिता परियारसहित २ खुल्ला सदस्य र एमालेले एक महिला सदस्य जितेको छ ।

कांग्रेसका कृष्ण श्रेष्ठ र राजेश श्रेष्ठ हुन् भने एमालेकी गौरी श्रेष्ठ सदस्य बनेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : २८ बजे

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र

गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिन्छ  : एनपी साउद

कञ्चनपुर– नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गुणस्तरीय शिक्षाका