इलामको माङसेबुङ गाउँपालिकामा एमालेका हेमन्त राई निर्वाचित | Khabarhub Khabarhub

इलामको माङसेबुङ गाउँपालिकामा एमालेका हेमन्त राई निर्वाचित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै इलामको माङसेबुङ गाउँपालिकामा नेकपा एमालेले जितेको छ । गाउँपालिका अध्यक्षमा हेमन्त राई निर्वाचित भएका हुन् ।

राई ३ हजार ८१८ मतसहित विजयी हुँदा गठबन्धनका उम्मेदवार डिकेन्द्र इदिङ्गोले ३ हजार ३९५ मत पाए । पराजित डिकेन्द्र निवर्तमान गाउँपालिका अध्यक्ष हुन् ।

यसअघिको चुनावमा पनि राई हेमन्त र डिकेन्द्रबीच प्रतिस्पर्धा भएको थियो । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार विनोद नेम्वाङले एमालेकी सुनिता सुब्बालाई पराजित गरेका छन् । जनता समाजवादीबाट उपाध्यक्ष उम्मेदवार भएका नेम्वाङले ३ हजार ७२९ मत प्राप्त गर्दा निर्वतमान उपाध्यक्षसमेत रहेकी सुब्बाले ३हजार ४६ मत प्राप्त गरेकी छिन् ।

उपाध्यक्षमा नेम्वाङ र सुब्बाको पनि यो दोस्रो प्रतिस्पर्धा हो । अघिल्लो निर्वाचनमा सुब्बाले नेम्वाङलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

एउटा वडामाबाहेक माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनुमक्ति पार्टीका बीचमा गठबन्धन भएको थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ८ : २५ बजे

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

भोजपुर– टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा

युक्रेनमा बमवारिबाट सबै भन्दा धेरै क्षति

किभ – यो साता युक्रेनमा भएको बमवारिबाट मर्नेको सङ्ख्या ३१

भारतका चोङ्गरेङ्गलाई हराउँदै नेपालका रवीन्द्र बने ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

काठमाडौं– नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको

सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने

प्यालेस्टाइन – हमासले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म

राखीको चहलपहल सुरु

महोत्तरी- मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग