इलामको माङसेबुङ गाउँपालिकामा एमालेका हेमन्त राई निर्वाचित « Khabarhub

इलामको माङसेबुङ गाउँपालिकामा एमालेका हेमन्त राई निर्वाचित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै इलामको माङसेबुङ गाउँपालिकामा नेकपा एमालेले जितेको छ । गाउँपालिका अध्यक्षमा हेमन्त राई निर्वाचित भएका हुन् ।

राई ३ हजार ८१८ मतसहित विजयी हुँदा गठबन्धनका उम्मेदवार डिकेन्द्र इदिङ्गोले ३ हजार ३९५ मत पाए । पराजित डिकेन्द्र निवर्तमान गाउँपालिका अध्यक्ष हुन् ।

यसअघिको चुनावमा पनि राई हेमन्त र डिकेन्द्रबीच प्रतिस्पर्धा भएको थियो । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार विनोद नेम्वाङले एमालेकी सुनिता सुब्बालाई पराजित गरेका छन् । जनता समाजवादीबाट उपाध्यक्ष उम्मेदवार भएका नेम्वाङले ३ हजार ७२९ मत प्राप्त गर्दा निर्वतमान उपाध्यक्षसमेत रहेकी सुब्बाले ३हजार ४६ मत प्राप्त गरेकी छिन् ।

उपाध्यक्षमा नेम्वाङ र सुब्बाको पनि यो दोस्रो प्रतिस्पर्धा हो । अघिल्लो निर्वाचनमा सुब्बाले नेम्वाङलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

एउटा वडामाबाहेक माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनुमक्ति पार्टीका बीचमा गठबन्धन भएको थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ८ : २५ बजे

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि