सर्लाहीको बागमती-३ मा माओवादी प्यानलसहित विजयी | Khabarhub Khabarhub

सर्लाहीको बागमती-३ मा माओवादी प्यानलसहित विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको बागमती नगरपालिका-३, मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्यानलसहित विजयी भएका छन् । निवर्तमान वडाध्यक्ष समेत रहेका माओवादी केन्द्रका उम्मेदवार तिलक मोक्तानले विजयी हुँदै कार्यकाल दोहोर्‍याएका हुन् ।

मोक्तानले ११३७ मत प्राप्त गरे । यस्तै उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिरालाल स्यांतानले ६९० मत प्राप्त गरी पराजित भए । यो सँगै बागमती नगरपालिकाको १, २ र ३ गरी तिन वटा वडामा माओवादी केन्द्रमा उम्मेदवार विजयी भई सकेका छन् ।

यस्तै नगरको मेयर र उपमेयर पदमा भने, यो समाचार तयार गर्दा सम्म दोब्बर मतान्तरले माओवादी केन्द्रका उम्मेदवार भरत कुमार थापा र लिला कुमारी मोक्तान अगाडि देखिएका छन् । निवर्तमान मेयर समेत रहेका थापाले ३९२९ मत प्राप्त गरेका छन् भने निवर्तमान उपमेयर समेत रहेकी मोक्तानले ३७६३ मत प्राप्त गरेकी छिन् ।

यस्तै निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट मेयरका उम्मेदवार टंक बहादुर बस्नेत (गोकुल)ले २२१० र उपमेयरको उम्मेदवार सरिता घिसिङले २६१५ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ९ : ५० बजे

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकारमाथि छानबिन सुरु

वाशिङ्टन – राष्ट्रपति ट्रम्पविरुद्ध दुई वटा अभियोग लगाउने कुराको नेतृत्व

जयसवालको शतक र दीपको ब्याटिङले इंग्ल्यान्डविरुद्ध भारत बलियो

काठमाडौं – भारतले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा कमब्याक गर्दै जितको सम्भावना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन १८ गते आइतबार। साउन