काभ्रेमा चट्याङ लागेर १६ वर्षीया किशोरीको मृत्यु | Khabarhub Khabarhub

काभ्रेमा चट्याङ लागेर १६ वर्षीया किशोरीको मृत्यु


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पनान्चेमा दिउँसो चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार सो ठाउँका गणेश लुङ्गेलीकी छोरी अन्दाजी १६ वर्षीया साजनी लुङ्गेलीको मृत्यु भएको हो ।

घर नजिक बारीबाट घर फर्कने क्रममा अचानक चट्याङ लागी घाइते भएको र उपचारका लागि नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित स्थानीय मेडिकलमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १० : ३५ बजे

‘कुलिङ पिरियड नहुँदा शासन प्रणाली भ्रष्ट र अनैतिक, अपवित्र गठबन्धन र अनुचित रजगज’

काठमाडौँ – निजामती सेवामा कुलिङ पिरियड (विश्राम अवधि) स्पष्ट नहुँदा

रामहरिले भने- कुलिङ पिरियडमा भएको छेडखानीमा मेरो कुनै दोष छैन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि

बहुविवाहलाई मान्यता दिने मस्यौदाप्रति फेडोको आपत्ति

काठमाडौं – दलित महिला सङ्घ (फेडो)ले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा

बङ्गलादेशमा युनुसद्वारा क्रान्तिको वार्षिकोत्सवमा सुधारका लागि आह्वान

ढाका- बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले मङ्गलबार मानिसहरूलाई सुधारको ‘अवसर’

नाम्दुका मानबहादुरको मान राख्दै ड्रागन फ्रुट, दोब्बरले बढ्यो आम्दानी 

दोलखा– पछिल्लो ४ वर्ष देखि ड्रागन फ्रुट खेतीमा जोडिएका वैतेश्वर-६