चितवन- विवादका कारण रोकिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना पुनः सुरु भएको हो ।
विवाद समाधानका लागि बसेको सर्वदलीय बैठकमा अबदेखि कर्मचारीलाई राम्रो व्यवहार गर्ने सहमति भएपछि मतगणना प्रक्रिया सुरु भएको हो ।
मतपत्रका विषयमा विवाद बढेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको थियो ।
नेकपा एमालेका प्रतिनिधिले कर्मचारीको मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएपछि मतगणना नै रोकिएको थियो । एमालेका प्रतिनिधिले मतगणनामा धाँधली गर्न खोजेको आरोप लगाएका थिए ।
उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप एमालेको छ । तर कांग्रेसका प्रतिनिधिले पनि होहल्ला गर्न थालेपछि मतगणना नै रोकिएको हो ।
भरतपुरमा गठबन्धनका तर्फबाट रेनु दाहाल र नेकपा एमालेका तर्फबाट विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेनु दाहालले उम्मेद्वारी दिएकाले सबैले भरतपुर महानगरमा जारी मत गणनालाई चासोपूर्वक हेरेका छन् ।
प्रतिक्रिया