अहिलेसम्म १०९ कांग्रेस, ६४ एमाले, ५१ स्थानमा माओवादी विजयी : कसको अग्रता कति ? « Khabarhub

अहिलेसम्म १०९ कांग्रेस, ६४ एमाले, ५१ स्थानमा माओवादी विजयी : कसको अग्रता कति ?


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तहको निर्वाचनको पछिल्लो परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेस १०९ ठाउँमा विजयी हुँदै पहिलो दल बनेको छ। देशभरका २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक हुँदा कांग्रेस पहिलो दल बनेको हो।

कांग्रेसले १०९ स्थानमा प्रमुख र उपप्रमुख जितेको छ भने एमालेले ६४ पालिकामा जित हात पारेको छ। नेकपा (माओवादी केन्द्र) भने ५१ ठाउँमा विजयी भएको छ।

सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीलगायत साना दललेसमेत केही ठाउँमा जित निकालेका छन्।

१०९ ठाउँमा विजयी हुँदा कांग्रेसले दुई सय ५ ठाउँमा अग्रता लिएको छ। एमालेले ६४ स्थानमा विजयी हुँदा १२२ ठाउँमा अग्रता लिएको छ। माओवादी केन्द्र ५१ ठाउँमा विजयी हुँदा ६४ ठाउँमा अग्रता लिइराखेको छ।

एकीकृत समाजवादीले ४ ठाउँमा विजयी हुँदा १८ ठाउँमा अग्रता लिएको छ। जनता समाजवादीले २ ठाउँमा जित निकाल्दा २७ ठाउँमा अग्रता लिएको छ। लोकतान्त्रिक समाजवादी पार्टीले प्रमुख पदमा ११ ठाउँमा अग्रता लिए पनि विजयी हुन सकेको छैन।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : ०२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको