बन्दीपुरको अध्यक्षमा एमालेका सुरेन्द्र र उपाध्यक्षमा कांग्रेसकी पञ्चमाया निर्वाचित « Khabarhub

बन्दीपुरको अध्यक्षमा एमालेका सुरेन्द्र र उपाध्यक्षमा कांग्रेसकी पञ्चमाया निर्वाचित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका सुरेन्द्र थापाले नेकपा माओवादी केन्द्रका पूर्णसिंह थापालाई ६३ मतान्तरले पराजित गर्दै जित दर्ता गराएका हुन् । सुरेन्द्रले तीन हजार २२९ र पूर्ण सिंहले तीन हजार १६६ मत ल्याए । 

उपाध्यक्षमा दुई मतान्तरले नेपाली कांग्रेसकी पञ्चमाया गुरुङ निर्वाचित भएकी छन् । गुरुङले गुरुङले तीन हजार २७ र  प्रतिस्पर्धी माओवादीकी करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरिन् । 

१५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो । अघिल्लो पटक बन्दीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जितेको थियो । यसपटक पनि पुरानै अनुहार अध्यक्ष उपाध्यक्षमा भिडेका थिए । तर, पराजित हुनुपरेको छ । 

गाउँपालिकाको छ मध्ये एमालेले तीन, माओवादीले दुई र कांग्रेसले एक वडामा जित हासिल गरेको छ । बन्दीपुर १ को वडाध्यक्षमा नेकपा एमालेका शिवकुमार श्रेष्ठ विजयी भएका छन् । ९०९ मत प्राप्त गरी श्रेष्ठ अध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रका भानुभक्त पोखरेलले ६८१ मत प्राप्त गरे । 

वडा नम्बर २ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडाध्यक्षमा तिलकबहादुर कुँवर ६५३ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्रबहादुर बानियाँले ५०५ मत प्राप्त गरे ।

वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा परमेश्वर भट्टराई ४०५ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नारायण केसी खत्रीले ३७४ मत प्राप्त गरे ।

वडा नम्बर ४  मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका दानबहादुर थापा ७४० मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका सीता थापाले ४६४ मत प्राप्त गरिन् ।

वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडाध्यक्षमा ध्रुर्वप्रसाद लामिछाने ६९१ मत प्राप्त गरी गरे । प्रतिस्पर्धी नेकपा एमालेका मिमबहादुर गुरुङले ४९२ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका बलबहादुर गुरुङ विजयी भएका छन् । ४४५ मत प्राप्त गरी गुरुङ वडाध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका गणेशबहादुर गुरुङले ४८२ मत प्राप्त गरे ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : २८ बजे

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँलाई रिहा गर्न माग

सैन्य ‘कू’ पछि पहिलो पटक आङ साङ सुकीको फोटो सार्वजनिक (तस्बिरहरु)

काठमाडौं- म्यानमाकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीले सोमबार

खाना पकाउने ग्यास लिन सर्वसाधारणको लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा