डिभोर्स गर्दै इमरान र अवन्तिका  « Khabarhub

डिभोर्स गर्दै इमरान र अवन्तिका 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता बलिउडकर्मीको सम्बन्ध विच्छेदको समाचारहरू मिडियामा आइरहेका छन् । 

अभिनेता सोहेल खान र उनकी श्रीमती बीचको डिभोर्सको खबर चर्चामै रहेको समयमा अर्का अभिनेता इमरान खान र उनकी पत्नी अवन्तिका मलिकले सम्बन्धविच्छेद गर्ने निर्णय लिएको खबर सार्वजनिक भएको छ । उनीहरूले बिहे गरेको १३ वर्षपछि सम्बन्धविच्छेद गर्न लागेको टाइम्स अफ इन्डियाले लेखेको छ । यस्तै उनीहरू विगत दुई वर्षदेखि अलग बस्दै आएको समेत बताइएको छ । 

सन् १९८८ मा कयामत से कयामत तकमा देखिएका इमरानले बलिउडमा हिरोको रुपमा ‘जाने तु या जाने ना’ मार्फत डेब्यु गरेका थिए । सन् २०१५ मा फिल्म ‘कट्टी बट्टी’ मा देखिएका इमरानले लगातारको असफलता पश्चात फिल्म पाउन सकेनन् । इमरानले बलिउड फिल्ममा काम पाउन छाडेपछि आर्थिक समस्या झेल्नु पर्‍यो  । सोही कारण इमरान र उनकी पत्नीबीच मनमुटाव सुरु हुन थालेपछि त्यसले डिभोर्सको बाटो तय गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । 

उनीहरूले २०११ मा विवाह गरेका थिए। उनीहरूको एक छोरी इमारा खान छिन्। अवन्तिकाले २०१४ मा छोरीलाई जन्म दिएकी थिइन्।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : ३८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका