धादिङमा सात पालिकाको मतगणना सकियो « Khabarhub

धादिङमा सात पालिकाको मतगणना सकियो


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको सातवटा पालिकाको मतगणना सम्पन्न भएको छ । मतगणना व्यवस्थित गरेर गणना गर्दा छिटो सकिएको छ भने केही पालिकामा मतदाता सङ्ख्यासमेत थोरै रहेको छ ।

सात पालिकाममध्ये तीनवटा पालिकामा नेपाली कांग्रेस, दुईवटामा  नेकपा (माओवादी केन्द्र), एक पालिकामा नेकपा एमाले र एउटा पालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । माओवादी केन्द्रका तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ र गजुरी गाउँपालिका अध्यक्षमा गणेशलाल श्रेष्ठ विजयी भएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट खनियाबास गाउँपालिका अध्यक्षमा रणबहादुर तामाङ, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षमा मेघनाथ रिजाल र ज्वालामुखी गाउँपालिका अध्यक्षमा यमनाथ दनै निर्वाचित भए । गल्छी गाउँपालिका अध्यक्षमा एमालेका केदार खतिवडा र धुनिबेँसी नगरपालिकामा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन् ।

यसैगरी गाउँपालिका उपाध्यक्षहरुमा नेपाली कांग्रेसका तर्फबाट रुबीभ्यालीबाट फे लामा तामाङ, नेत्रावती डबजोङ गाउँपालिकाबाट सीतामाया गुरुङ, गल्छी गाउँपालिकाबाट भाइकाजी तिवारी, धुनिबेँसी नगरपालिकामा सुरज उप्रेती निर्वाचित भएका छन् ।

नेकपा माओवादीले खनियाबास गाउँपालिका उपाध्यक्षमा सेक्केमान तामाङ र ज्वालामुखी गाउँपालिकामा एकीकृत समाजवादी धर्म अर्याल निर्वाचित भए । अब एक नगरपालिका र पाँच गाउँपालिकाको मतगणना भइरहेकाले नतिजा आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : १७ बजे

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ