भक्तपुरको मध्यपुर थिमीमा नेमकिपाले खाता खोल्यो « Khabarhub

भक्तपुरको मध्यपुर थिमीमा नेमकिपाले खाता खोल्यो


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा खाता खोलेको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदमा उक्त पार्टीका वडा अध्यक्षका उम्मेदवार रमेश थापा श्रेष्ठ विजयी भएका छन् । 

उनका साथै उनको पार्टीबाट अन्य तीन जना सदस्य पनि विजयी भएका छन् । एक जना सदस्य भने नेपाली कांग्रेसबाट विजयी भएका छन् । थापाले एक हजार दुई सय २६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वडा अध्यक्षले एक हजार ४५ मत पाएका छन् । तेस्रो स्थानमा रहेको एमाले वडा अध्यक्षले तीन सय ८९ मत पाएका छन् ।

त्यहाँ तीन हजार तीन मत खसेको थियो । अघिल्लो स्थानीय निकायको निर्वाचनमा पनि उक्त पार्टीले सो वडामा वडा अध्यक्षसहित जितेको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै