हुम्ला सर्केगाडको अध्यक्षमा कांग्रेसका रोकाया विजयी « Khabarhub

हुम्ला सर्केगाडको अध्यक्षमा कांग्रेसका रोकाया विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– दुई दलीय गठबन्धन रहेको हुम्लाको मध्या क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया विजयी भएका छन् । नेपाली कांग्रेसबाट गठबन्धनको सहयोग पाएका रोकाया ३ हजार ५४३ मत ल्याएर अध्यक्षमा विजयी भएकोमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याए ।

उपाध्यक्षमा पनि गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्र सिंह कार्की ३ हजार २८२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी जुनकुरा कार्कीले १ हजार ६५ मत ल्याएका सर्केगाड गाउँपालिका निर्वाचन अधिकृत छत्र बहादुर शाहीले बताए  ।

जिल्लाको मध्या भेगमा रहेको सर्केगाडमा आठ वडा रहेका छन् । जसमा वडा नम्बर २ मा माओवादी केन्द्रका मावल कार्की र वडा नम्बर ६ मा नेकपा एमाले पदमबहादुर शाही एमालेबाट विजयी भएका छन् । वडा नम्बर ८ मा माओवादी केन्द्रका रत्नमल रोकाया, २ मा सिद्ध कार्की र ४ मा माधनमल छन्त्याल नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै कांग्रेसबाट वडा नम्बर ७ मा बल खत्री र वडा ५ मा मादलबहादुर सिंह वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर ३ मा भने स्वतन्त्र उम्मेदवार अलिक कार्की निर्वाचित भएका छन् । उनी कांग्रेसका बागी हुन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : ४५ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी