भरतपुरमा रेनुको अग्रता कायमै, विजय सुवेदी ११ सय १९ मतले पछाडि « Khabarhub

भरतपुरमा रेनुको अग्रता कायमै, विजय सुवेदी ११ सय १९ मतले पछाडि


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ११ सय १९ मतले अग्रता बढाएकी छिन्।

पछिल्लो विवरण अनुसार रेनुले ९ हजार मत कटाएकी हुन्। बुधबार बिहानसम्म २५ हजार ३५८ मत गणना हुँदा रेनुले ९ हजार ११ मत ल्याएकी छन्।

यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमुख पदका उम्मेदवार विजय सुवेदीले ७ हजार ८९२ मत ल्याएका छन्।

गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनुले दोस्रो स्थानका एमालेका उम्मेदवार सुवेदीसँग ११ सय १९ मतले अग्रता लिएकी हुन्।

पछिल्लो विवरण अनुसार काँग्रेसका बागी उम्मेद्वार जगन्नाथ पौडेलले हालसम्म ४ हजार ११२ मत ल्याएका छन्।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १० हजार ७७४ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेकी राप्रपाकी हिमला गुरुङले ६ हजार ४५४ मत ल्याएकी छन्।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ५ : ४८ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही