हेटौंडा अपडेट : मेयर/उपमेयरमा गठबन्धनकै अग्रता « Khabarhub

हेटौंडा अपडेट : मेयर/उपमेयरमा गठबन्धनकै अग्रता


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरूले अग्रता बढाउँदै गएका छन् ।

हेटौंडाको ३१ हजार ६५६ मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ९ हजार ९४१ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ९ हजार ४१४ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल ८ हजार ४४७ मत प्राप्त गर्दै तेस्रो स्थानमा संघर्षरत रहेका छन् ।

त्यसैगरी उपमेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ १४ हजार २७४ मतका साथ अग्रता लिइरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले ९ हजार ५३२ मतका साथ दोस्रो स्थानमा रहेकी छन् । राप्रपाकी इन्दिरा डल्लाकोटी न्यौपानेले भने २ हजार २६२ मत मात्र ल्याएकी छन्।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ७ : ३३ बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको