ललितपुरमा चिरिबाबुको फराकिलो अग्रता « Khabarhub

ललितपुरमा चिरिबाबुको फराकिलो अग्रता


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायम गरेका छन् ।

२१ हजार ४२७ मत गणना गर्दा महर्जनले ११ हजार ९२० मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ९९८ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी मन्जली शाक्यले ५ हजार ९८३ र माओवादीका बाबुराज बज्राचार्यले ४ हजार ५६६ ल्याएका छन् ।

ललितपुर महानगरपालिकाको वडा ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुपेन्द्र राज शाक्य १ हजार ३१८ मतसहित विजयी भएका छन् ।

त्यस्तै, वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुलबहादुर महर्जन विजयी भएका छन् । उनले २ हजार १७० मत ल्याएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ८ : ५५ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा