सर्लाहीको विष्णु गाउँपालिकामा दोहोरिए कांग्रेसका यादव  « Khabarhub

सर्लाहीको विष्णु गाउँपालिकामा दोहोरिए कांग्रेसका यादव 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – जिल्लाको दक्षिण सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा नेपाली कांग्रेसले कार्यकाल दोहोर्‍याएको छ ।

विष्णु गाउँपालिकामा सम्पन्न मतगणनाको परिणामअनुसार पालिका अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार जवाहरलाल यादव १३१ मतान्तरले विजयी भएका हुन् । यादवले कुल ३ हजार २११ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विजयकुमार यादवले ३ हजार ८० मत मात्र प्राप्त गरे ।

यस्तै उपाध्यक्ष पदमा पनि कांग्रेसकी उम्मेदवार विजयी भएकी छन् । कांग्रेसकी उम्मेदवार उषा देवी २९४९ मतसहित विजयी भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सुनिता देवी जसवालले २ हजार ४७० मत मात्र प्राप्त गर्दै पराजित भईन् ।

यस्तै यस पालिकाको वडाध्यक्षमा कांग्रेसले ३, जसपाले ३, लोसपाले एक र माओवादी केन्द्रले एक स्थानमा जित निकालेको छ । वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका विकाउ ठाकुर, २ नम्बमा नेकपा(माओवादी केन्द्र) का मनोज प्रसाद यादव, ३ मा कांग्रेसका जय कुमार चौधरी, ४ मा कांग्रेसका विनोद राय यादव, ५ मा जनता समाजवादीका कमोद राय यादव, ६ मा कांग्रेसका नन्द किशोर यादव, ७ मा जनता समाजवादीका निरस राउत र ८ नम्बरमा जनता समाजवादीका जवाहर लाल राय निर्वाचित भएका हुन् ।

विष्णु गाउँपालिकासहित नेपाली कांग्रेसले २० पालिकामध्ये ७ पालिकामा जित निकालेको छ । यस्तै अहिलेसम्म माओवादी केन्द्रले दुई स्थानमा जित निकालेको हो । बाँकी पालिकाको मतगणना भइरहेको छ । प्राप्त मतपरिणामअनुसार बागमती नगरपालिकामा पनि नेकपा माओवादी केन्द्रको जित सुनिश्चित भइसकेको छ भने हरिवन नगरपालिकामा पनि माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।

अन्तिम मतपरिणाम सार्वजनिक भएका मध्ये हरिपुर नगरपालिका, हरिपुर्वा नगरपालिका, पर्सा गाउँपालिका, ब्रम्हपुरी गाउँपालिका, कौडेना गाउँपालिका, धन्कौल गाउँपालिका र बिष्णु गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरिसकेको हो । यस्तै बलरा नगरपालिका र रामनगर गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ११ : २० बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका