अभिनयलाई निरन्तर दिन्छु | Khabarhub Khabarhub

अभिनयलाई निरन्तर दिन्छु


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने चर्चित शो ‘कल कान्तिपुर’ मार्फत परिचित बनेकी अकेशा बिष्टले धेरै म्युजिक भिडियोमा काम गरेकी छिन् ।

कल कान्तिपुर’ मा देखिएको अनुहारलाई धेरैले म्युजिक भिडियोमा लिए । भिडियोमा सफल मोडल बनेपछि उनले फिल्ममा डेब्यु गरिन् । निकेश खड्का निर्देशित फिल्म ‘जिन्दगी रक्स’ मार्फत उनी अभिनयमा आइन् । म्युजिक भिडियोमा उदाईरहेकाहरुकै सहकार्यले बनेको फिल्मले सफलता पाउन सकेन । सन् २०१५ मा रिलिज भएको फिल्म ‘जिन्दगी रक्स’ को असफलता पश्चात उनी अमेरिका लागिन् । अध्ययनका लागि भन्दै उनी त्यता लागेकी थिइन् । त्यसपछि फाट्टफुट्ट भिडियोमा देखिएकी अकेशा अहिले काठमाडौँमा फर्किएकी छन् । जेठ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाइफ इन एलए’ बाट उनले पर्दामा कमब्याक गर्दै छिन् । दर्शकले भने उनलाई सम्झिरहेका छन् कि भुलाए ? त्यो भने हेर्न बाँकी छ । 

फिल्म  ‘लाइफ इन एलए’ ले अमेरिकी सपना देखेर त्यहाँ होमिएका नेपाली युवापुस्ताको संघर्ष र असमानतालाई चित्रण गर्छ । फिल्ममा अकेशा स्वयंको मुख्य भूमिका छ । ब्यास बिसुसँग उनले अनस्क्रिन रोमान्स गरेकी छन् । उनी आफ्नो कमब्याक खुसी, डर र नर्भसले भरिएको सुनाउँछिन् । तर, अब अमेरिकामा बसेरै भए पनि अभिनयलाई निरन्तरता दिने उनको सोच छ । काठमाडौँमा आयोजित पत्रकारसँग अकेशाले अब अभिनयलाई निरन्तरता दिने योजना सुनाइन । ‘मेरो पहिलो फिल्म रिलिजपछि देशमा भूकम्प गयो । त्यसलगत्तै म अमेरिका गएँ । उता गएपछि पढाई र कामले गर्दा फिल्ममा समय दिन सकिएन । अब राम्रो भूमिकाबाट प्रस्ताव आयो भने अभिनयलाई निरन्तरता दिने सोचमा छु’ अकेशाले भनिन् ।

आफू अमेरिकामा बस्न थाले पनि मनबाट नेपाली फिल्म कहिल्यै टाढा हुन नसकेको उनको भनाई छ। ‘स्क्रिप्ट र भूमिका मन परेपछि लाइफ इन एलए गरेकी हुँ’ उनले भनिन् । सूर्य एन श्रेष्ठ निर्देशित फिल्म ‘लाइफ इन एलए’ मा ब्यास बिस्सु, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १२ : २२ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला