पर्सा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेस विजयी | Khabarhub Khabarhub

पर्सा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । 

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र राय र उपाध्यक्षमा नुतन देवी निर्वाचित भएकी छिन् । अध्यक्षमा रायले ४ हजार ४ सय ६६ मत  ल्याउँदा उनका निकटम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका (जसपा) का उम्मेदवार दिनेश कुमार यादवले १ हजार ८ सय ५८ मत मात्र  प्राप्त गरे । 

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै नतुन देवी २ हजार ३९ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार नसरुल खातुनले १ हजार ४१ प्राप्त गरेका छन् ।

वडा अध्यक्षहरू तर्फ वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सतेन्द्र रायले ४ सय ११ मत, वडा नम्बर २ मा नेकपा एकीकृतका राकेश रामले ३ सय ६३ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका रघुनाथ शाहले ६ सय ६३ मत, वडा नम्बर ४ मा लोसपाका सुबोध राय यादवले ९ सय ८० मत, वडा नम्बर ५ मा लोसपाका अनिल कुमार यादवले ३ सय ५२ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका गणेश शाहले ४ सय ९४ मत ल्याउँदै निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : ०१ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको