पर्सा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेस विजयी « Khabarhub

पर्सा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । 

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र राय र उपाध्यक्षमा नुतन देवी निर्वाचित भएकी छिन् । अध्यक्षमा रायले ४ हजार ४ सय ६६ मत  ल्याउँदा उनका निकटम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका (जसपा) का उम्मेदवार दिनेश कुमार यादवले १ हजार ८ सय ५८ मत मात्र  प्राप्त गरे । 

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै नतुन देवी २ हजार ३९ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार नसरुल खातुनले १ हजार ४१ प्राप्त गरेका छन् ।

वडा अध्यक्षहरू तर्फ वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सतेन्द्र रायले ४ सय ११ मत, वडा नम्बर २ मा नेकपा एकीकृतका राकेश रामले ३ सय ६३ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका रघुनाथ शाहले ६ सय ६३ मत, वडा नम्बर ४ मा लोसपाका सुबोध राय यादवले ९ सय ८० मत, वडा नम्बर ५ मा लोसपाका अनिल कुमार यादवले ३ सय ५२ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका गणेश शाहले ४ सय ९४ मत ल्याउँदै निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : ०१ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका