चन्दननाथ नगरपालिकामा कांग्रेसलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार कठायत  बिजयी  « Khabarhub

चन्दननाथ नगरपालिकामा कांग्रेसलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार कठायत  बिजयी 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथकाे मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत मेयरमा विजयी भएका हुन् ।

कठायतले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका पदमबहादुर शाहीले दुई हजार तीन सय ४१ मत ल्याएर पराजित भए ।

उपप्रमुखमा कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । खड्काले दुई हजार आठ सय आठ मत मत प्राप्त गरेकी छन् ।
नगर उपप्रमुखका प्रतिस्पर्धी समाजवादीका भीमबहादुर थापाले एक हजार ६ सय ८६ मत प्राप्त गरेका छन् । माओवादीका उम्मेदवार पूर्णिमा विकले एक हजार ६ सय ३३ मत प्राप्त गरे ।

कठायतले चन्दननाथ नगरपालिकामा कांग्रेसले आफूलाई टिकट नदिएको भन्दै कांग्रेसको महासमिति सदस्यबाट राजीनामा दिई स्वतन्त्र उम्मेदवार दर्ता गराएका थिए । कठायतले एकीकृत समाजवादी र राप्रपासँग गठबन्धन गरेका थिए । माओवादी केन्द्र र अन्य दलहरूको लोकप्रिय मत लिएर स्वतन्त्र उम्मेदवार कठायत विजयी भएका हुन् ।

लामो समय निर्माण व्यवसायीमा लोकप्रिय काम गरेर धेरैलाई रोजगार र रोजिरोटी दिएका कठायतले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेस र माओवादीको पकट मानिएको नगरपालिकामा किल्ला तोडिएको छ । यतिसम्म कि कठायतको क्षेत्र वडा नम्बर ५ मा एक सय ८५ बढी कांग्रेसका क्रियाशील सदस्य भए पनि एक सय मत क्रस हुन सकेन ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १ : २० बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका