जेलेन्स्कीद्वारा फ्रान्स र जर्मनीका नेताहरूसँग टेलिफोन वार्ता « Khabarhub

जेलेन्स्कीद्वारा फ्रान्स र जर्मनीका नेताहरूसँग टेलिफोन वार्ता


४ जेष्ठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले जर्मनी  र फ्रान्सका नेताहरुसँग टेलिफोन वार्ता गरेका छन् । उनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोंसँग फोनवार्ता गरेका हुन् ।

छलफलका क्रममा उनले पछिल्लो समयमा युक्रेनको अवस्थाका बारेमा कुराकानी गरेको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले सो अवसरमा रुसमाथि थप प्रतिबन्धहरु लगाउनका लागि जर्मनी र फ्रान्सका नेताहरु समक्ष आग्रह पनि गरेका थिए ।

जर्मन र फ्रान्सेली नेताहरुले युक्रेनका राष्ट्रपति जेलेन्स्किीलाई रुसमाथिको थप प्रतिबन्धबारे आफूहरुले सोचिरहेको र रुसविरुद्ध प्रतिबन्धहरु थपिने आश्वासन दिएको जनाइएको छ ।

साथै उनीहरुले युक्रेनलाई थप सहयोगका लागि पनि आश्वासन दिएका थिए । रुसले युक्रेनमा गरेको सैन्य हमलापछि हाल युक्रेन द्वन्द्वमा फसेको छ ।

त्यहाँका नागरिकलाई थप मानवीय सहायताका साथै रुसका विरुद्धमा चाल्नुपर्ने कदमका बारेमा उनीहरूबीच कुराकानी भएको बताइएको छ । 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १ : ४२ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार