जेलेन्स्कीद्वारा फ्रान्स र जर्मनीका नेताहरूसँग टेलिफोन वार्ता « Khabarhub

जेलेन्स्कीद्वारा फ्रान्स र जर्मनीका नेताहरूसँग टेलिफोन वार्ता


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले जर्मनी  र फ्रान्सका नेताहरुसँग टेलिफोन वार्ता गरेका छन् । उनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोंसँग फोनवार्ता गरेका हुन् ।

छलफलका क्रममा उनले पछिल्लो समयमा युक्रेनको अवस्थाका बारेमा कुराकानी गरेको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले सो अवसरमा रुसमाथि थप प्रतिबन्धहरु लगाउनका लागि जर्मनी र फ्रान्सका नेताहरु समक्ष आग्रह पनि गरेका थिए ।

जर्मन र फ्रान्सेली नेताहरुले युक्रेनका राष्ट्रपति जेलेन्स्किीलाई रुसमाथिको थप प्रतिबन्धबारे आफूहरुले सोचिरहेको र रुसविरुद्ध प्रतिबन्धहरु थपिने आश्वासन दिएको जनाइएको छ ।

साथै उनीहरुले युक्रेनलाई थप सहयोगका लागि पनि आश्वासन दिएका थिए । रुसले युक्रेनमा गरेको सैन्य हमलापछि हाल युक्रेन द्वन्द्वमा फसेको छ ।

त्यहाँका नागरिकलाई थप मानवीय सहायताका साथै रुसका विरुद्धमा चाल्नुपर्ने कदमका बारेमा उनीहरूबीच कुराकानी भएको बताइएको छ । 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १ : ४२ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर