प्रधानमन्त्री देउवाको विषयमा पूजाको टिप्पणी  « Khabarhub

प्रधानमन्त्री देउवाको विषयमा पूजाको टिप्पणी 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायिका पूजा शर्माले राजनीतिक विषयमा कमै टिप्पणी गर्छिन् । राजनीतिक र सामान्य ज्ञान नहुँदा ट्रोलको शिकार समेत बनेकी पूजाले यसपटक अहिले चर्चामा रहेको विषयमा आफ्नो भनाइ राखेकी छिन् । 

उनले सामाजिक सञ्जाल मार्फत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा आफ्नो धारणा राखेकी हुन् । लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बस्दा देउवाको गतिविधिले देशको नै इज्जतमा धक्का लागेको भन्दै सामाजिक सञ्जाल र मिडियामा ट्रोल पूजाले आफ्नो धारणा राखेकी हुन् । देउवाको बेचैनीको विषयमा ट्रोल भैरहँदा पूजाले त्यहाँ त्यसो देखिनुको कारणलाई प्रस्ट्याएकी छिन् । ‘देउवाज्यू बेचैनीमा रहेको भिडियोहरु भाइरल भए । सबैले मजाक उडाए । तर, त्यस बेचैनीको पछाडि यति ठूलो तनाव लुकेको कसैले देखेन । देउवाले प्रधानमन्त्री भएर आफ्नो जिम्मेवारी पुरा गर्न लुम्बिनी पुगे ।

सामान्य नागरिक भएको भए अस्पतालमा भाइलाई कुरेर बस्ने थिए । उता भाइ मृत्युसँग लडिरहेको बेला यता दाइ कसरी रमाइलो गरेर आनन्दसँग बस्न सक्थे । यस्तो अवस्थामा विरोधीको नजरले होइन, असल मानवको नजरले हेर्नुहोस् । सम्माननीय प्रधानमन्त्रीका भाइप्रति भावपूर्ण श्रद्धाञ्जली’ पूजाले लेखेकी छिन् । 

उनले अहिले सामाजिक सञ्जालमा आइरहेको कारणलाई प्रस्ट्याउँदै नै आफ्नो विचार व्यक्त गरेकी हुन् । प्राय सामाजिक सञ्जालमा फोटो मात्र पोस्टिने पूजा पछिल्लो समय युद्ध बानियाँसँग प्रेममा छिन् ।

युद्ध नेपाली कांग्रेसका बागमती प्रदेश अध्यक्ष इन्द्र बानियाँका भतिज हुन् । युद्धसँग जोडिएपछि पूजा नेपाली कांग्रेसको विचारधारातिर ढल्किएकी त होइनन् ? सामाजिक सञ्जालमा यो चर्चा समेत चलिरहेको छ ।  

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : २६ बजे

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२