हङ्गेरीकी राष्ट्रपति पोल्याण्ड भ्रमणमा « Khabarhub

हङ्गेरीकी राष्ट्रपति पोल्याण्ड भ्रमणमा


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हङ्गेरीकी नवनिर्वाचित राष्ट्रपति कटालिन नोभाकको पहिलो विदेश भ्रमणका क्रममा पोल्याण्ड पुगेकी छिन् ।

दुई देशको सम्बन्धलाई थप बलियो बनाउन भन्दै उनले मङ्लबारदेखि पोल्याण्डको भ्रमण सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

आफ्ना समकक्षी तथा पोल्याण्डका राष्ट्रपति अन्द्रेई डुडाको निमन्त्रणामा उनले औपचारिक भ्रमण गरेको जनाइएको छ । भ्रमणका क्रममा हङ्गेरीकी राष्ट्रपति नोभाकले पोल्याण्डका प्रधानमन्त्री मातियस मोरावेस्कीसँग पनि भेटवार्ता गरेकी छिन् ।

राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेको तीन दिनपछि नै उनले विदेश भ्रमण सुरु गरेकी हुन् ।

पोल्याण्डका राष्ट्रपति डुडासँगको संयुक्त पत्रकार सम्मेलनमा नोभाकले भनिन्, ‘पोल्याण्ड र हङ्गेरीको सम्बन्धलाई विषेश महत्व दिँदै थप बलियो बनाउने उद्देश्यले मेरो सबैभन्दा पहिलो वैदेशिक भ्रमण पोल्याण्डबाट गरेकी हुँ ।’

दुई देशका विचमा भएका कतिपय असमझदारीहरुलाई पनि आपसी छलफलबाट समाधान गर्न सकिनेमा उनले जोड दिएकी छिन् ।

परम्परागत साझेदारहरु हङ्गेरी र पोल्याण्डबीच पछिल्लो समय  धेरै विषयमा मतान्तर रहँदै आएका छन् । पछिल्लो समय युक्रेनमाथी रुसले गरेको आक्रमणको विषयमा पनि दुई देश दुई विपरित कित्तामा उभिएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : ०७ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको