सर्लाहीको चन्द्रनगर अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी « Khabarhub

सर्लाहीको चन्द्रनगर अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

मतगणनाअनुसार चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतो ३९९५ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार गीतादेवी महतो ३८६० मतसहित विजयी भएकी हुन् ।

महतोका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र मुखियाले ३५३६ मत पाए । उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी कांग्रेसबाट उपाध्यक्ष पदको उम्मेदवार मन्जु देवीले २९५८ मत प्राप्त गरेको चन्द्रनगर गाउँपालिकाका सहायक मतदान अधिकृत मदन बहादुर थिङले जानकारी दिए ।

वडातर्फ १ नम्बरमा कांग्रेसका रामेश्वरप्रसाद महतो, २ मा कांग्रेसकै शम्भु साह तेली, ३ मा माओवादी केन्द्रका सीताराम महतो, ४ मा स्वतन्त्र राजीवसिं दनुवार, ५ मा लोसपाका सूर्यवंश राय, ६ मा माओवादी केन्द्रका रामस्वरूप कुर्मी र ७ मा माओवादी केन्द्रका दीपेन्द्रकुमार चौधरी विजयी भएका छन् । योसँगै सर्लाहीमा कांग्रेसले नौ पालिकामा जित निकालेको छ । 

माओवादी दुई पालिकामा विजयी भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ४ : ५५ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–