खगराज अधिकारीले भने- अर्थमन्त्रीले राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको ? « Khabarhub

खगराज अधिकारीले भने- अर्थमन्त्रीले राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको ?


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खगराज अधिकारीले आफूले बर्खास्त गरेका गभर्नर पुनर्बहाली भएर आउँदा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले आफूले बर्खास्त गरेका गभर्नर पुनर्बहाली भएर आउँदा राजीनामा नदिई बसेका अर्थमन्त्रीबाट सुशासन कायम हुन नसक्ने बताए । 

‘आफूले कारबाही गरेका गभर्नर पुनर्बहाली भएर आउँदा अर्थमन्त्रीले राजीनामा दिनुपर्देन ? उहाँबाट कसरी सुशासन कायम हुन्छ ?,’ प्रश्न गर्दै पूर्वमन्त्री अधिकारीले भने, ‘उहाँ (अर्थमन्त्री) ले अर्थतन्त्र डामाडोल बनाउँदै हुनुहुन्छ ।’ 

पूर्वाग्रह छाडेर काम गर्नुपर्ने सुझाव दिँदै पूर्वस्वास्थ्यमन्त्री अधिकारीले स्वास्थ्य बिमाबाट धनीले मात्र लाभ लिइरहेकाले सुधार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ५ : ०५ बजे

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी