कुश्मा– पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित तल्लो मोदीखोला जलविद्युत आयोजनाको काम विगत ११ दिनदेखि ठप्प रहेको छ ।
कामदार र कर्मचारीले गरेको तालाबन्दीको कारण २० मेगावाट क्षमताको आयोजनाको काम ११ दिनदेखि ठप्प रहेको छ ।
परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कार्यरत कामदार र कर्मचारीले जेठ २० गते तालाबन्दी गरेका थिए ।
निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्नेलगायतका माग राखेर कुश्मा नगरपालिका–८ स्थित कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण विद्युतगृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्य समेत १० दिनदेखि बन्द छ । आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो ।
निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा कार्यरत कामदारले स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने र विद्युतगृहलगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने माग अगाडि सारेका छन् ।
आयोजनामा कार्यरत ४० कर्मचारीले जेठ २० देखि काम बन्द गराएपछि निर्माणकार्य प्रभावित भएको छ ।
विसं २०६९ साउनमा निर्माण शुरु आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो ।
प्रतिक्रिया