'पहिले गरेको मेहनतको फल अहिले पाइरहेको छु' | Khabarhub Khabarhub

‘पहिले गरेको मेहनतको फल अहिले पाइरहेको छु’


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता दीलिप रायमाझीको नृत्यको चर्चा कुनै समय निकै हुन्थ्यो । 

५० को दशकमा उनको नृत्यलाई नरुचाउने नेपाली फिल्म प्रेमी कमै थिए । डान्सर हुँदै फिल्मको अभिनेता बनेका दीलिपले आफूलाई नृत्यसँगै अभिनयमा पनि बलियो बनाए । रोमान्टिक हिरो, डान्सिङ गीत भएपछि त्यो समयमा दीलिप सबैको रोजाइ बन्थे । एक दिनमै उनी ३-४ वटासम्म फिल्मको छायांकन गर्ने दीलिप हिजोआज फिल्मको अभिनय भन्दा पनि रियालिटी शोका कारण चर्चामा छन् ।

उनलाई ‘डान्सिङ शो’ मा जज बन्ने अफर आउँछ । अहिलेको पुस्ताले भन्दा पनि अघिल्लो पुस्ता उनको डान्सलाई रुचाउनेमा पर्छन् । त्यही कारण आफू पछिल्लो समय रियालिटी शो मा देखा परिरहेको दीलिपले बताए ।

 ‘पहिले गरेको कामले नै अहिले अरुको क्षमतालाई निर्णय गर्न सक्ने निर्णायक बनाएको छ । दशक अगाडि गरेको मेहनतको ब्याज अहिले पाइरहेको छु जस्तो लाग्छ’ दीलिपले भने । जजको कुर्सीमा बस्दा पनि सानोतिनो अभिनय गर्नु पर्ने बताउँदै उनले यसलाई आफ्नो सौभाग्य ठानेका छन् । ‘कुनै समय मैले गरेको मेहनत, देखाएको क्षमताले अहिले यो स्थान र काम पाएको छु ।

म सकेसम्म कसैलाई अन्याय नगरु भन्ने लाग्छ । किनकी मेहनतको फल नपाउँदा भोग्ने पीडालाई मैले स्ट्रगलको दिनमा नजिकबाट नियालेको छु’ दीलिपले भने ।  ‘बुगी उगी’, ‘डान्सिङ स्टार नेपाल’, ‘मेरो डान्स कप’ जस्ता डान्स रियालिटी शो मा उनले निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  २ : ५४ बजे

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौं–  उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिका दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाडौं– एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३

मुलुकको समृद्धि नै संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि

औषधि मूल्य समायोजन प्रतिवेदन सार्वजनिक नहुँदै व्यवसायी आन्दोलित, आफ्नो मात्र हित नहेर्न आग्रह 

औषधीको मूल्य नीति सुझाव समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइएको

ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रिया अघि बढ्यो

टेक्सास– नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न