कोपा अमेरिका : मेस्सीका लागि अन्तिम अवसर ! | Khabarhub Khabarhub

कोपा अमेरिका : मेस्सीका लागि अन्तिम अवसर !


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जब जब अर्जेन्टिना अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारीमा रहन्छ, तब विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको चर्चा पनि हुने गर्छ । मेस्सीको चर्चा मात्रै हुँदैन, उनको अन्तर्राष्ट्रिय फुटबल करियरकै कुरा चल्छन् । पुनः मेस्सीलाई लिएर विश्व फुटबल पण्डीतहरुले विश्लेषण शुरु गरिसकेका छन् ।

लगातार १४ वर्षदेखि अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका मेस्सी अर्जेन्टिनाका सर्वकालीन उच्च गोलकर्ता समेत हुन् । तर, उनले अहिलेसम्म अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय ठूलो ट्रफी दिलाउन सकेका छैनन् ।

रुस विश्वकप शुरु हुन अगाडि पनि मेस्सीलाई लिएर विभिन्न टिका टिप्पणीहरु भए । तर, अर्जेन्टिना क्वाटरफाइनलभन्दा माथि पुग्न असफल रह्यो । यतिबेला आउँदो शनिबार ब्राजिलमा शुरु हुन लागेको कोपा अमेरिकालाई लिएर मेस्सीको चर्चा भइरहेको छ ।

यसअघि सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर, अर्जेटिनी सरकार र फुटबल प्रशंसकको आग्रहमा सन्यास फिर्ता लिँदै टोलीमा फर्किएका थिए ।

‘म एक ठाउँमा उभिएर अझै राम्रो गर्ने कोसिस गर्छु । कति पटक असफल भए भन्ने कुरासँग सम्बन्ध छैन । यो राम्रो सन्देश हो एक बालकका लागि,फुटबलमा मात्रै हाृेइन, तर, जीवन नै,’ मेस्सीले भनेका छन्, ‘म अर्जेन्टिनाका लागि केही गरेर सन्यास लिन चाहान्छु ।’

ब्राजिलमा हुन लागेको कोपा अमेरिका पनि अर्जेन्टिनालाई उपाधि दिलाउने अन्तिम अवसर भएको मस्सीले बुझेका छन् । यो उपाधि उचाल्न सके उनको फुटबल करियरमा आएका सबै नराम्रा क्षणहरु बिर्सिनेछन् ।

अर्जेन्टिनाबाट ४ विश्वकप र ४ कोपा अमेरिका खेलेका मेस्सीमाथि सधै उठ्ने प्रश्न भनेको ‘किन उनी हप्ता दिनमा बार्सिलोनाका लागि खेलेको खेल अर्जेन्टिनाबाट खेल्दा प्रस्तुत गर्न सक्दैनन् ?’

मेस्सीको हकमा हरेक कोपा अमेरिकाले संकट सिर्जना गरिदिन्छ भने हरेक विश्वकपले उनको करियरमाथि प्रश्न उठाउँछ ।

कोपा अमेरिकाको पहिलो खेलमा अर्जेन्टिनाले बलियो टोली कोलोम्बियासँग खेल्दैछ । समूह बी मा रहेका यी दुवै टोलीले जुन १६ का दिन इताइपाभ एरिना फोन्टे नोभा रंगशालामा भिड्दैछन् ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  २ : ४६ बजे

माइभगवती रङ्गशाला : बजेट अभावमा निर्माण ठप्प

फिक्कल– इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’

रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र

अमेरिकी प्रष्टिकरण : भारतमाथिको प्रतिबन्ध रूसलाई दबाब बढाएर युद्ध रोक्न

नयाँदिल्ली- अमेरिकाले भारतमाथि लगाइएको प्रतिबन्धले रसियालाई युक्रेन युद्ध रोक्न दबाब

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे

कीर्तिपुर– पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म