मोरङको रंगेलीमा शुक्रबारदेखि रोकिएको मतगणना अझै सुरु भएन  « Khabarhub

मोरङको रंगेलीमा शुक्रबारदेखि रोकिएको मतगणना अझै सुरु भएन 


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मतगणनामा धाँधली गरिएको भन्दै वादविवाद भएपछि मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन ।

मुचुल्कामा उल्लेख भएको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । वडा नं ७ को मत गणनाका क्रममा खसेको मतभन्दा १०८ मत बढी पाइएपछि विवाद भएको हो । मुचुल्कामा ३ हजार २ सय ४२ मत खसेको उल्लेख छ । तर ३ हजार ३ सय ५० वटा मतपत्र भेटिएपछि विवाद सुरु भएको हो ।

यस विषयमा सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले खटाएको टोलीले अनुसन्धान सुरु गरेको छ । प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कस्यप अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत प्रविणा ढकाल र कानेपोखरी गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले अनुसन्धान सुरु गरेका छन् ।

खसेको मतपत्रभन्दा १ सय ८ मत बढी भएको देखिएको तर कम्प्युटर इन्ट्री दोहोरो हुँदा त्यस्तो भएको रंगेलीका निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेको भनाई छ । काफ्लेका अनुसार पाँच दलले पुनः मतदान गर्नुपर्ने अडान राखेपछि गणना हुन सकेको छैन ।

यसअघि मतपेटिका राखेकै ठाउँमा वडा ८ को मतपेटिका फुटेको विवादमा सुरुआती दुई दिनपछि दुई दिनसम्म मतगणना रोकिएको थियो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आएर त्यो विवाद मिलाएपछि मतगणना सुरु भएको थियो ।

रंगेलीमा हालसम्म वडा १ देखि ५ सम्मका गणना सकिएको छ । ती सबै वडामा एमालेको प्यानल नै विजयी भएको छ । अहिले वडा ६ देखि ८ सम्मको आधा मतगणना भइसक्दा मेयरमा एमालेका दिलीप बगोडियाले ७ हजार ३ सय ८५ र कांग्रेसका मोदराज घिमिरेले ५ हजार ७८ मत पाएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ५ : ३४ बजे

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा