धनगढीमा मतान्तर फराकिलो बनाउँदै हमाल « Khabarhub

धनगढीमा मतान्तर फराकिलो बनाउँदै हमाल

१० हजार मतले अगाडि


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमकै एक मात्र उप महानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्ने निश्चित भएको छ ।

धनगढी उप महानगरपालिकामा खसेको ६३ हजार ७ सय १५ मत मध्य शनिबार दिउँसो सम्म ५१ हजार ६५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५ सय ४१ मत ल्याएर लिड गरिरहेका छन् ।

उनी दलका उम्मेदवार भन्दा १० हजार मतले अगाडि रहेका छन् । धनगढीमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५ सय ४४ मत पाएका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४ सय २३ मत मात्रै पाएका छन् ।

मत गणना करिव करिव अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दलका उम्मेदवार भन्दा १० हजार ९ सय ९७ अघि छन् । अब धनगढीमा करिब साढे १२ हजार मत गन्न बाँकी रहेको छ । साढे १२ हजार मत गन्दा कुनै पनि उम्मेदवारको पक्षमा एक लौटी जाने सम्भावना पनि छैन । त्यसैले एस पटक सुदूरपश्चिमको एक मात्र उप महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले कब्जा जमाउने निश्चित भएको छ ।

धनगढी उप महानगरपालिकाका १९ वडा मध्य १, २, ३, ४, ५, ६, ७, ८, १४, १५, १६, १७, १८, १९ को मतगणना सम्पन्न भइसकेको छ । मत गणना सम्पन्न भएका मध्य १, २, ३, ४, ५, १४, १५, १७, १९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी वडा नम्बर ७ , ८ र १८ मा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ६ र १६ मा माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । धनगढी–१३ को मत गणना अन्तिम चरणमा छ, भने वडा नम्बर ९, १०, ११, १२ को मतगणना जारी छ । २०७४ को निर्वाचनमा पनि गोपाल हमालले धनगढी उप महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्यतिबेला उनी कांग्रेसका उम्मेदवार नृप बहादुर वड सँग २७ सय मत अन्तरले पराजित बनेका थिए । यस पटक उनै नृप वडलाई पराजित गरेर ०७४ को हारको बदला लग्दै गोपाल हमाल धनगढीको मेयर बन्ने लगभग निश्चित भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : २५ बजे

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा