धनगढीमा मतान्तर फराकिलो बनाउँदै हमाल | Khabarhub Khabarhub

धनगढीमा मतान्तर फराकिलो बनाउँदै हमाल

१० हजार मतले अगाडि


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमकै एक मात्र उप महानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्ने निश्चित भएको छ ।

धनगढी उप महानगरपालिकामा खसेको ६३ हजार ७ सय १५ मत मध्य शनिबार दिउँसो सम्म ५१ हजार ६५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५ सय ४१ मत ल्याएर लिड गरिरहेका छन् ।

उनी दलका उम्मेदवार भन्दा १० हजार मतले अगाडि रहेका छन् । धनगढीमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५ सय ४४ मत पाएका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४ सय २३ मत मात्रै पाएका छन् ।

मत गणना करिव करिव अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दलका उम्मेदवार भन्दा १० हजार ९ सय ९७ अघि छन् । अब धनगढीमा करिब साढे १२ हजार मत गन्न बाँकी रहेको छ । साढे १२ हजार मत गन्दा कुनै पनि उम्मेदवारको पक्षमा एक लौटी जाने सम्भावना पनि छैन । त्यसैले एस पटक सुदूरपश्चिमको एक मात्र उप महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले कब्जा जमाउने निश्चित भएको छ ।

धनगढी उप महानगरपालिकाका १९ वडा मध्य १, २, ३, ४, ५, ६, ७, ८, १४, १५, १६, १७, १८, १९ को मतगणना सम्पन्न भइसकेको छ । मत गणना सम्पन्न भएका मध्य १, २, ३, ४, ५, १४, १५, १७, १९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी वडा नम्बर ७ , ८ र १८ मा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ६ र १६ मा माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । धनगढी–१३ को मत गणना अन्तिम चरणमा छ, भने वडा नम्बर ९, १०, ११, १२ को मतगणना जारी छ । २०७४ को निर्वाचनमा पनि गोपाल हमालले धनगढी उप महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्यतिबेला उनी कांग्रेसका उम्मेदवार नृप बहादुर वड सँग २७ सय मत अन्तरले पराजित बनेका थिए । यस पटक उनै नृप वडलाई पराजित गरेर ०७४ को हारको बदला लग्दै गोपाल हमाल धनगढीको मेयर बन्ने लगभग निश्चित भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : २५ बजे

उदयपुरमा एक जना मृत फेला

उदयपुर– त्रियुगा नगरपालिका-११ गाईघाट बजारस्थित अपाच क्याफेमा काम गर्ने सोही नगरपालिका-१३ असारी

सुदूरपश्चिमका वनमन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर

जेलमा रहेका दीपक मनाङेको सांसद पद पनि खारेज

काठमाडौं– गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) सांसद पदबाट

हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

बारा– कलैया उपमहानगरपलिका-१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या भएको