सलमानको फिल्मबाट निस्किए आयुष  « Khabarhub

सलमानको फिल्मबाट निस्किए आयुष 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा अभिनेता सलमान खानले  ‘कभी इद कभी दिवाली’ फिल्मको छायांकन सुरु गरिसकेका छन् ।

 फिल्ममा उनको को-स्टार छिन् पूजा हेग्डे । फिल्ममा सलमानसँगै उनका ज्वाईं आयुष शर्मा आउने खबर थियो । यद्यपि अब त्यसो नहुने भएको छ । केही क्रिएटिभ डिफरेन्सेसका कारण आयुष प्रोजेक्टबाट अलग भएका छन् । फिल्मका एक सदस्यले बलिउड हंगामालाई फिल्ममा आयुष नहुने बताएका छन् । 

‘आयुष’ ले आफ्नो केही छायांकन समेत सकाएका थिए । उनले दिनभर जसो छायांकन गरे । यद्यपि प्रोडक्सन हाउससँग केही मत भिन्नताका कारण उनले प्रोजेक्टमा नरहने निर्णय लिएका छन्’ ती सदस्यले बलिउड हंगामालाई भनेका छन् । आयुषको करियरमा सलमानको सहयोग रहँदै आएको छ । लभ यात्री , अन्तिम लगायतका फिल्महरू सलमानले आयुषको लग निर्माण गरिदिएका हुन् । 

फिल्मको मुम्बईमा भव्य सेट लगाएर फिल्मको छायांकन भइरहेको छ । फिल्मको छायांकन सेटबाट सलमानले केही दिन अगाडि आफ्नो लुक्सको बारेमा फ्यानहरूलाई जानकारी दिएका छन् । फिल्ममा उनको लामो कपाल हुनेछ । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तस्बिरमा लामो कपालमा कालो चस्मा सहित कालै कपडामा छन् । फिल्ममा उनलाई एक्सन र कमेडी सहित रोमान्टिक अवतारमा देख्न पाइने छ । 

फिल्मको निर्देशन फरहाद सामजीले गरिरहेका छन् । केही समय अगाडि फिल्मलाई सलमान आफैँले निर्देशन गर्न सक्ने चर्चा पनि चलेको थियो । यद्यपि सलमानले अभिनयमै फोकस गर्ने योजना बनाए ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १ : ३८ बजे

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ