युक्रेनद्वारा युद्धविराम प्रस्ताव पुनः अस्वीकार « Khabarhub

युक्रेनद्वारा युद्धविराम प्रस्ताव पुनः अस्वीकार


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वी युक्रेनको डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी रहे पनि युक्रेनले युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई निरन्तरता दिइरहेका बेला युक्रेनले युद्धविराम गर्न अस्वीकार गरेको हो ।

रणनीतिक रुपमा महत्वपूर्ण दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासको लुहान्स्क क्षेत्रमा भीषण आक्रमण गरिरहेको छ ।

रुसी–समर्थित पृथकतावादीहरूले गत फेब्रुअरी २४ मा आक्रमण गर्नु अघि नै लुहान्स्क र छिमेकी डोनेत्स्क क्षेत्रको ठूलो भूभागमा नियन्त्रण कायम गरिसकेका भए पनि रुसले हाल सम्पूर्ण डोनबास क्षेत्रलाई कब्जामा लिने तयारी गरिरहेको छ ।

रुसी सेनाले स्लोभ्यान्स्क र सिभिएरोडोनेत्स्क सहरहरूमा आक्रमण गर्ने प्रयास गरिरहेको तर युक्रेनी सेनाले उनीहरूको प्रयासलाई असफल पारेको जानकारी दिँदै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबासको अवस्था अत्यन्तै कठिन भएको बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले युद्धबिराममा सहमत हुन अस्वीकार गर्दै युक्रेनले रुससँगको कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।

युद्ध नरोकिने बताउँदै उनले त्यसो गर्दा रुसले नयाँ आक्रमण गर्ने तथा भारी मात्रामा रक्तपात हुने बताए । युक्रेनका प्रमुख वार्ताकार समेत रहेका पोडोल्याकले कडा सुरक्षामा राखिएको राष्ट्रपति कार्यालयमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई दिएको अन्तर्वार्तामा युद्धविराम अस्वीकार गरेका हुन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ४ : ०४ बजे

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने

चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ

काठमाडौं– चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज