पोखरा महानगरमा गठबन्धनका आचार्य विजयउन्मुख « Khabarhub

पोखरा महानगरमा गठबन्धनका आचार्य विजयउन्मुख


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा कूल एक लाख ४३ हजार २२६ मत खसेकामा आज मध्यान्ह १२ः३० बजेसम्म एक लाख २५ हजार ५२० मतको गणना सकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज रातिसम्म पोखराका सबै वडाको अन्तिम परिणाम सार्वजनिक हुने जनाएको छ । पोखरामा अब १७ हजार ७०६ मत गन्न बाँकी छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्मको अद्यावधिक विवरणअनुसार सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले चार हजार २९ मतको अग्रता बनाएका छन्। 

आचार्यले ५० हजार ६१२ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी नेकपा (एमाले) का कृष्णबहादुर थापाले ४६ हजार ५८३ मत प्राप्त गर्नुभएको छ । गणना अन्त्यतिर पुग्नै लाग्दा आचार्यले मतान्तर फराकिलो बनाएका हुन्। 

मतगणनाको सुरुआतदेखि नै अग्रता बनाएका आचार्यले मतगणना अन्तिम चरणमा पुग्दासम्म आफ्नो अग्रता कायमै राख्न सफल भए ।महानगर प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ३३७ मत प्राप्त गर्नुभएको छ । यसैगरी स्वतन्त्र उम्मेदवार गनेश पौडेलको दुई हजार ८६४ मत ल्याएका छन्। 

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा (एमाले) का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता कायमै छ । गुरुङले ५३ हजार १७३ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४९ हजार ५८६ मत रहेको छ । गठबन्धनका उम्मेदवार रानाभाट तीन हजार ५८७ मतले पछाडि परेका छिन्। 

मतगणनाको सुरुआती चरणदेखि अग्रता बनाएकी रानाभाटलाई अन्तिम चरणमा गुरुङले पछि पारिन् । उपप्रमुखमा राप्रपाका रञ्जना सेनको पाँच हजार ३१८ मत रहेको छ । पोखरामा हालसम्म २५ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । महानगरका ३३ वडामध्येमा हालसम्म नेपाली कांग्रेसले १८ वडामा जित हासिल गरेको छ । नेकपा एमालेले सात वडा जितेको छ । अहिले वडा नं  १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १ : ३९ बजे

नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण

एमालेको पदाधिकारीमा ५७.८९ प्रतिशत बर्चस्व ब्राम्हण जातिको मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११ औँ महाधिवेशनले पार्टीको पदाधिकारीमा अधिकांश ब्राह्मण-क्षेत्री

मौन बसेरै रघुजीले जिते उपाध्यक्ष

काठमाडौं- नेकपा एमालेको एघारौं महाधिवेशनमा उपाध्यक्षमा रघुजी पन्तले मौन विद्रोह

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय

नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

काठमाडौं– नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा क्षत्री नियुक्त भएका छन्