सन् २०१४ मा गद्दी त्यागेका स्पेनका ‘कलंकित’ पूर्व राजाविरूद्ध प्रदर्शन « Khabarhub

सन् २०१४ मा गद्दी त्यागेका स्पेनका ‘कलंकित’ पूर्व राजाविरूद्ध प्रदर्शन


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स युएईमा करिब दुई वर्ष स्वनिर्वासन बसेपछि स्वदेश फर्किएका स्पेनका पूर्वराजा हुआँ कार्लोसविरुद्ध राजधानी म्याड्रिडमा सयौँ प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् ।

‘न्याय’ र ‘बोर्बोँ जेलमा’ लेखिएको प्लेकार्ड बोकेका प्रदर्शनकारीले स्पेनको राजधानी म्याड्रिडस्थित शाही दरबारनजिक भेला भएको युरोपेली समाचार सञ्जाल द लोकलको स्पेनी संस्करणले जनाएको छ । एक सरकारी प्रवक्ताले प्रदर्शनकारीको संख्या तीन सय रहेको बताए । 

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा मार्चमा अनुसन्धान रोकिएपछि सन् २०२० को अगस्टपछि पहिलो पटक पूर्वराजा कार्लोस स्वदेश फर्किएका हुन् । 

सन् १९७५ मा  तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि स्पेनको लोकतन्त्रमा उनले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो । तर उनको अपारदर्शीताले ८४ वर्षीय पूर्वराजाको प्रतिष्ठालाई कलंकित बनाएको बेलायती अखबार डेली मेलले जनाएको छ ।

पूर्वराजा संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबी फर्कनुअघि सोमबार राजधानी म्याड्रिडमा आफ्ना छोरा राजा फेलिप छैठौंलाई भेट्नेछन् ।

भ्रमणका क्रममा हालका राजा फिलिपको आधिकारिक निवास जार्जुएला दरबारमा बस्ने पूर्वराजा कार्लोसको निर्णयलाई सरकारले विरोध गरेको छ । 

समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले अझै पनि सन् २०१४ मा राजगद्दी त्यागेका पूर्वराजा कार्लोसबाट ‘स्पष्टीकरण’ को अपेक्षा गरेको बताइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  २ : ३५ बजे

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी