रुपन्देहीको कोटहीमाईमा लोसपा विजयी | Khabarhub Khabarhub

रुपन्देहीको कोटहीमाईमा लोसपा विजयी


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण निर्वाचित भएका छन्।

त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार कलवार ४ हजार २ सय ३९ मत प्राप्त गरे। १२ जना प्रतिस्पर्धी रहेको पालिका अध्यक्षमा त्रिपाठीले कलवारलाई ३ सय ९९ मतले पछि पार्दै विजय निकालेका हुन्।

उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकै सुशीलाकुमारी यादव निर्वाचित भएकी छन्। यादवले निकटतम प्रतिस्पर्धाी नेपाली कांग्रेसकी गुजराती यादवलाई १ हजार २ सय ९४ मतले पछि पार्दै विजय निकालेकी हुन्। गुजरातीले ३ हजार ४ सय ४२ मत प्राप्त गरिन् भने निर्वाचित शुशिला यादवले ४ हजार ७ सय ३६ मत पाइन्।

वडामा मिश्रित नतिजा आएको छ। ७ वटा वडा रहेको पालिकामा वडा नम्बर १ मा लोसपाका राजेश तेली ६ सय ९५ मत ल्याएर विजयी भएका छन्। वडा नम्बर २ मा जसपाका अमरनाथ यादव ९ सय ४५ मत ल्याइ विजयी भएका छन् भने ३ मा नेपाल जनता पार्टीका विष्णु नारायण पाण्डे एक हजार २० मत ल्याइ विजयी भए ।

वडा नम्बर ४ मा लोसपाका बेचुराम गडेरिया ५ सय ४७ मत ल्याइ विजयी भए भने ५ मा पनि लोसपाका संजय कुमार सैनी एक हजार ४६ मत प्राप्त गरि विजयी हुन सफल भए।

यस्तै वडा नम्बर ६ मा जसपाका विनोद यादव ५ सय ४ मत ल्याइ विजयी भए । वडा नम्बर ७ मा कांगे्रसका पवन कुमार यादव ७ सय ४४ मत प्राप्त गरी निर्वाचित भए। ७ वडा रहेको कोटहीमाईमा २६ हजार २ सय ४२ मतदाता रहेकोमा २० हजार ६ सय ७५ जनाले मताधिकार प्रयोग गरेका थिए।

१६ स्थानीय तह रहेको रुपन्देहीमा अब तिलोत्तमाको मतगणना गर्न मात्रै बाँकी छ। तिलोत्तमामा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ६ : ०० बजे

झापाका वन्यजन्तु पीडित राहतकाे पर्खाइमा

झापा- डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा

इलामको चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा

इलाम– चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा बुधबार भेटिएका चुलाचुली– ५ का

क्लब विश्वकप : रामोसको गोलमा मोन्टेरीले रोक्यो मिलानलाई

काठमाडौं – फिफा क्लब विश्वकप अन्तर्गत बुधवार राति भएको खेलमा

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा