युद्ध अपराधका दोषी रुसी सैनिकलाई युक्रेनमा आजीवन कारावासको सजाय « Khabarhub

युद्ध अपराधका दोषी रुसी सैनिकलाई युक्रेनमा आजीवन कारावासको सजाय


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा एकजना रुसी सैनिकलाई युद्ध अपराधका लागि आजीवन कारावासको सजाय सुनाइएको छ । राजधानी किभमा रहेको अदालतले पक्राउ परेका रुसी सैनिक सार्जेन्ट भादिम सिसिमारिनलाई युद्ध अपराधका लागि आजीवन कारावासको सजाय सुनाएको हो ।

उनीमाथि गत फेब्रुअरी २८ मा चुपाखिभ्का गाउँमा ६२ वर्षे ओलेक्साण्डर शेलिपोभको हत्या गरी युद्ध अपराध गरेको अभियोग लागेको थियो । उक्त अभियोगमा दोषी ठहर गर्दै अदालतले आजीवन कारावासको सजाय सुनाएको बीबीसीले जनाएको छ ।

सिसिमरिनले आफूले हत्या गरेको स्वीकार गरेपनि आफूलाई कसैले हत्या गर्न निर्देशन दिएको बयान दिएका थिए । साथै उनले हत्या गरिएका शेलिपोभकी विधवासँग पनि माफी मागेको जनाइएको छ ।

उनका वकिलले छोटो सजायका लागि पुनरावेदन गर्ने जनाएका छन् ।

युक्रेनले रुसी सैनिकलाई युद्ध अपराधमा दोषी ठहर गरी सजाय सुनाएको यो पहिलो घटना हो । यस घटनाले युक्रेनमा जारी रुसी आक्रमणमा न्यायिक नजीर स्थापना गर्न सक्ने बीबीसीले जनाएको छ ।

रुसले आफ्ना सैनिकले युक्रेनमा कुनै पनि युद्ध अपराधमा संलग्न नरहेको बताउँदै आएको छ । तर, बीबीसीका अनुसार युक्रेनी पक्षले भने ११ हजार भन्दा धेरै अपराधहरू भएको बताउँदै आएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : ०७ बजे

वसन्तपुरमा योमरी पुन्हीको रौनक (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात्, आज धानको विधिपूर्वक पूजाआजा

काठमाडौंविरुद्ध पोखराले गुमायो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

झापामा नरिवलको व्यावसायिक खेती

झापा– समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा

मङ्सिर २१ भित्र योजना छनोट गरेर पठाउन प्रदेश सरकार निर्देशन

सुर्खेत– कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष

देशभर हर्षोल्लासका साथ उँधौली पर्व मनाइँदै

काठमाडौं– मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत