टिकट बिक्री नभएपछि स्थगित भयो सलमानको शो  « Khabarhub

टिकट बिक्री नभएपछि स्थगित भयो सलमानको शो 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट अन्तिम समयमा स्थगित गरिएको छ । अघिल्लो पटक झैँ यसपटक पनि अन्तिम समयमा विभिन्न बहाना बनाउँदै कार्यक्रम स्थगित गरिएको हो ।

स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र बर्सातको समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

‘द ब्याङ रिलोडेड टुर’ यस अघि पनि गर्ने भनिएता पनि स्थगित हुँदै आइरहेको छ । टिकट सोचेअनुसारै नहुनु नै कार्यक्रम सार्ने कारण भएको कार्यक्रमसँग जोडिएको सदस्यले बताएका छन् । 

आयोजकले ज्याकलिन फर्नान्डेजलाई पनि कार्यक्रम रद्द गर्नुपर्ने कारणको रुपमा व्याख्या गरेको छ । केही दिनअघि उनले नेपाल आउन अनुमति दिन गरेको आग्रह अदालतले खारेज गरिदिएको थियो । नेपालमा भने ज्याकलिनको फोटो राखेर टिकट बिक्री गरिएकाले भोलि यसमा मुद्दा पर्ने सम्भावनाका कारण पनि आयोजकले कार्यक्रम सार्न चाहेको स्रोतले बतायो । 

टुरका लागि सलमानसँगै सोनाक्षी सिन्हा, ज्याकलिन, प्रभु देवा, साइ मान्जरेकर, गुरु रान्धावा आदि कलाकार भारतबाट आउने बताइएको थियो ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ७ : ४१ बजे

‘पूर्णबहादुर खड्काले सदस्यता नवीकरण नगरे अवकाश पाएको बुझ्नुपर्छ’

काठमाडौं- नेपाली कांग्रेसभित्रको घरझगडा अझै साम्य भइसकेको छैन । सर्वोच्च

रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि

सहकारी बेथिति प्रतिवेदन कार्यान्वयन, १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

प्रधानमन्त्रीले माफी मागुन्, नदीले बाटो फेर्दैमा सीमा मिचेको मानिँदैन : पूर्वराजदूत आचार्य

काठमाडौं- भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले