तुलसीपुरको मतगणना अन्तिम चरणमा, एमाले जित नजिक | Khabarhub Khabarhub

तुलसीपुरको मतगणना अन्तिम चरणमा, एमाले जित नजिक


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ । अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा (एमाले)का टीकाराम खड्का तीन हजार ३६६ मतले अघि छन् ।

खड्काले ३० हजार ३५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत ल्याए । तुलसीपुरमा एमालेले सुरुआतदेखि अग्रता लिँदै आएको छ । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि छन् । उनले निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेका छन् । चौधरीले २९ हजार ३४५ मत प्राप्त गरे भने रानाले २० हजार १४४ मत पाए ।

१९ वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ८ : ४९ बजे

गाजा : प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषिण

गाजा – गाजामा प्रत्येक ५ जनामा एक जना कुपोषण भएको

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

सुनसरी – अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका-४ स्थित कोशी

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

सिरहा – गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी

म्याग्दीमा ३५ हजार मेट्रिक टन आलु उत्पादन

म्याग्दी – म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बागलुङ – यहाँको बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक