बुर्किना फासोको खानीमा बेपत्ता चार कामदारको शव ३९ दिनको खोजपछि बल्ल भेटियो « Khabarhub

बुर्किना फासोको खानीमा बेपत्ता चार कामदारको शव ३९ दिनको खोजपछि बल्ल भेटियो


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोस्थित एक खानीमा बेपत्ता भएका चार जना कामदारको शव फेला परेको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।

बेपत्ता कामदारको शव फेला परेकोबारे उद्धारकर्ताहरुले जानकारी दिएको बुर्किना फासोको सरकारले पुष्टि गरेको छ । गत १६ अप्रिलमा आएको बाढीमा परी बेपत्ता भएका आठ कामदारहरूमध्ये चार जनाको शव फेला परेको हो ।

राजधानी शहर वागाडुगुण्बाट करिब १०० किलोमिटर पश्चिममा पर्ने पेर्कोआ क्षेत्रस्थित क्यानाडाको ट्रेवाली माइनिङको स्वामित्वमा रहेको जस्ता खानीमा दुर्घटना भएको थियो ।

बेपत्ता हुनेमा छ जना बुर्किनाबे नागरिक, एक जाम्बियन र एक तान्जानियाली नागरिक रहेको जनाइएको छ । उनीहरु सात सय मिटरमुनि हराएका थिए ।

दुर्भाग्यवश, ३९ दिनको गहन खोजीपछि, चार खानी कामदार निर्जीव शव फेला परेका सरकारी प्रवक्ता लियोनेल बिल्गोले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ५ : ०४ बजे

एक अर्ब ४७ करोड बढी राजस्व सकंलन

चितवन– गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको निर्देशन, यी हुन् क्षेत्रहरू 

काठमाडौं– गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’

नेता पौडेलको प्रश्न- ‘पर्दा भित्रबाट’ वामपन्थी एकताको चर्चा कसले चलायो ?

काठमाडौं– नेकपा (एमाले)का नेता विष्णु पौडेलले अहिलेको समयमा वामपन्थी एकताको

जेसीबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा आज