‘मधेश प्रदेशले सञ्चारमाध्यमलाई व्यवस्थित गर्नेछ’ : प्रादेशिक सञ्चारमन्त्री साह « Khabarhub

‘मधेश प्रदेशले सञ्चारमाध्यमलाई व्यवस्थित गर्नेछ’ : प्रादेशिक सञ्चारमन्त्री साह


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने कार्यलाई प्रदेश सरकारले सुरु गरेको बताएका छन् ।

मधेस प्रदेश आमसञ्चार प्राधिकरणद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता एवम् नवीकरण तथा कार्यालयको वेबसाइटको उद्घाटन कार्यक्रममा उनले सञ्चारमाध्यमको दर्ता अभिलेख तयार पार्ने र त्यसलाई व्यवस्थित बनाउने कार्यलाई सरकारले महत्वका साथ अघि बढाएको बताए ।

बिना दर्ता अव्यवस्थित रुपमा सञ्चालित सञ्चारमाध्यमलाई कानुनी दायरामा ल्याउनुका साथै लोककल्याणकारी विज्ञापनलगायत सेवासुविधा उपलब्ध गराउने बताउँदै मन्त्री साहले सञ्चारकर्मी र सञ्चारमाध्यमहरूको पेसागत हितका लागि योजनाबद्ध तयारी सरकारले अघि बढेको बताए ।

प्रदेश सरकारले ल्याएको पत्रकारको स्वास्थ्य बीमा कार्यक्रम उनीहरूको हितमा रहेकाले भन्दै मन्त्री साहले यसलाई व्यवस्थित बनाउन पत्रकार महासङ्घलगायत सरोकारवाला सङ्घ सङ्गठनहरूले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

“मुलुकमा सङ्घीय व्यवस्था आइसकेकाले अब पत्रपत्रिकाको कामले काठमाडौँ जानुपर्ने अवस्था आउँदैन्,” मन्त्री साहले भने “अहिले पनि सङ्घबाट पत्रपत्रिकाको वर्गीकरण भइरहेको छ, यसबाट मधेसका पत्रपत्रिकाको जुन ढङ्गबाट मूल्याङ्कल हुनुपर्ने हो त्यो हुन नसकेकाले प्रदेश सरकार यसप्रति गम्भीर छ ।” अब प्रदेशबाटै यसलाई व्यवस्थित गर्ने मन्त्री साहको भनाइ थियो ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलगायतले सञ्चारमाध्यमको व्यवस्थापनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १० : ०० बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र