मेलम्ची खानेपानीको सफल परीक्षण, सात हजार धारामा झर्‍यो पानी | Khabarhub Khabarhub

मेलम्ची खानेपानीको सफल परीक्षण, सात हजार धारामा झर्‍यो पानी


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ ।

आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्याङ्कीको साँचो खोलेर आज नगरपालिका भित्रका दुई हजार ५०० घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको हो ।

खानेपानीकोे पुरानो पाइपलाइन रहेका क्षेत्रहरू जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुवर्ण चोक, सल्लाघारीदेखि राधेराधे पुलसम्मका घरका धारामा सफलतापूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको काठमाडौँ खानेपानी आयोजना भक्तपुरका निमित्त प्रमुख चेतबहादुर ऐरले जानकारी दिए ।

भक्तपुर नगरपालिका क्षेत्रका करिब चार हजारभन्दा बढी धारामा बिहीबार सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिँदै उनले बिहीबार र आज गरी सात हजार धारामा पानी वितरण गरिएको र भक्तपुरका चारवटै पालिकामा मेलम्चीको खानेपानी वितरण गरिने उनले बताए ।

बीस लाख लिटर क्षमताको पुरानो र ६० लाखको लिटर क्षमताको नयाँ ट्याङ्की गरी ८० लाख लिटरको क्षमताको दुईवटा ट्याङ्कीमध्ये २० लाख लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको निमित्त प्रमुख ऐरले जानकारी दिए ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १० : ४३ बजे

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक

कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई

रजनीकान्त र लोकेशको ‘कुली’ले बक्स अफिसमा कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं – बलिउड र दक्षिण भारतीय सिनेमाको चर्चित अभिनेता रजनीकान्त