इथियोपियामा एक दर्जनभन्दा धेरै पत्रकार पक्राउ « Khabarhub

इथियोपियामा एक दर्जनभन्दा धेरै पत्रकार पक्राउ


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकी मुलुक इथियोपियामा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेको सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले बताएका छन् ।

अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त धरपकडमा अपराध विरोधी अभियानमा संलग्न चार हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरी कडा सुरक्षा नियन्त्रणमा राखेको पत्रकार तथा अधिकार समूहहरूले बताएका हुन् । 

पछिल्लो समय अभियानबारे समाचार लेखेको आरोपमा पत्रकारहरूलाई पनि निसाना बनाइएको बताइएको छ ।

हालैको गिरफ्तारीमा अम्हारिक भाषाको पत्रिका ‘फितिह’ का प्रधान सम्पादक टेमेजेन डेसालेगन पनि परेका छन् । उनलाई बिहीबार बिहान आफ्नो कार्यालयबाट सादा पोषाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेका उनका सहकर्मी मिस्गन जिनाबुले एएफपीलाई बताए । 

उनले भने– “सुरुमा त उनीहरूले टेमेजनलाई स्थानीय प्रहरी चौकीमा लगे । सुरक्षा बलले उनलाई पछि गोप्य स्थानमा सारेको छ ।” उनलाई कहाँ राखिएको भन्नेबारे कुनै जानकारी आएको छैन ।

प्रहरीले टेमेजेनको घरमा पनि आक्रमण गरेका पत्रिका, डिस्क ड्राइभ र क्यामेरा जफत गरेका बताइएको छ । 

अर्का पत्रकार तथा युट्युबर यायसेवे शिमेलीस बिहीबार दिउँसो राजधानी अदिस अबाबास्थित घरबाट पक्राउ परेको उनका पूर्व सहकर्मी बेकल अलामिरेले एएफपीलाई बताए ।

पूर्व टिभी प्रस्तोतालाई शुक्रबार अदालतमा उपस्थित गरिएको बताउँदै उनले भने, “याइसेवलाई प्रहरीले समाचारमार्फत हिंसा भड्काउने काम गरेको आरोप लगाएको छ ।”

दुवैले आफ्नो युट्युब च्यानलमा इथियोपियाली घटनाक्रमलाई रिपोर्टिङ गरेको थिए । दुवैले गत हप्ता अम्हारामा उनीहरूका स्टुडियोहरूमा छापा मारिएको र कर्मचारीहरूलाई लगिएको बताएका थिए । 

पक्राउ धेरै पत्रकारहरूलाई कहाँ राखिएको छ भन्ने जानकारी गराइएको छैन ।  अशारा नामक समाचार संस्थाले पनि आफ्ना यसका पाँच जना कर्मचारीलाई पक्राउ गरिएको बताएको छ ।

युट्युबमार्फत् कार्यक्रम चलाउँदै आएका प्रसिद्ध कार्यक्रम प्रस्तोता सोलोमन शुमीलाई पनि गत हप्ता राजधानी अदिस अबाबाबाट पक्राउ गरिएको थियो । उनीमाथि पनि हिंसा भड्काउने खालका सामग्री प्रसारण गरेको आरोप लगाइएको उनकी दिदी टिगिस्ट शुमीले बताइन् ।

इथियोपियामा अपराध तथा भ्रष्टाचारविरोधी आन्दोलनले उत्कर्ष स्वरूप लिन थालेपछि त्यहाँको प्रशासनले चर्चित अभियन्ताहरूलाई पक्राउ गरेको छ । 

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ११ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै