केरा खेतीमा बिचाैलियाकाे मनलाग्दी मूल्य « Khabarhub

केरा खेतीमा बिचाैलियाकाे मनलाग्दी मूल्य


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण थला परेका बाराका केरा किसान अहिले थप समस्यामा परेका छन् । बिचौलियाले आफूखुसी केराको मूल्य निर्धारण गरेर केरा किन्दा किसानहरू समस्यामा परेका हुन् । कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केराको मूल्य नपाउँदा किसानहरू समस्यामा परेका हुन् ।

केराले स्थानीय बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । बारीमा कहिनुभन्दा उनीहरू आफै आफै सडकमा पुगेर बेच्न थालेका छन् । गत चैतदेखि नै स्थानीय उत्पादनको अपेक्षाकृत रुपमा बजार पाउन नसकेको हो । लागत मात्रै उठे पनि राहत मिल्ने भन्दा किसानहरू आफैँ सडक बेच्न बसेको किसान जितबहादुर लोप्चनले बताए ।

केरा खेतीबाट मनग्य आम्दानी गर्ने आसमा लगानी गरेका किसान अहिले निरास बनेका छन् । केरा ब्लकबाट विकसित हुँदै केरा जोनमा आइपुग्न लागेको निजगढ नगरपालिकाका किसानका खेतमा अहिले उब्जनी कम हुन थालेकाे छ ।

बिचाैलियाले दुई रुपैयाँप्रति कोसा केराको मूल्य दिने गरेका कारण घटामा रहेका किसानले आफैँले बेच्दा राम्रै आम्दानी गरेकाे विनय राईले बताए ।

उखु खेती गर्दै आएका यहाँका किसानले चिनी मिलहरूले समयमा भुक्तानी नदिएपछि पछिल्लो समय पैसा नै परिवर्तन गरी केरा खेती थालेका थिए । निजगढ नगरपालिकाभित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आएका छन् ।

केरा ब्लकबाट विकसित हुँदै केरा जोनको रुपमा स्थापित यस नगरपालिका भित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन् । प्रति बिघाह दुईदेखि तीन लाखसम्म मुनाफा लिँदै आएका किसानले केराको मूल्य नपाएपछि चिन्तित बनेका हुन् ।

अन्य बालीको तुलनामा खेती गर्न सजिलो, मिहेनत कम र आम्दानी बढी हुने गरेको किसानहरू बताउँछन् । केरा व्यापारीहरूले खेत बारीमै आएर किन्ने र हातहातै नगद पाइने हुँदा यो व्यवसाय बाराका निजगढ र अन्य पालिकामा फस्टाउँदै आएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  २ : ५७ बजे

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर