पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन « Khabarhub

पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधसभाको विकास तथा प्रविधि समितिले पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

काठमाडौंको तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको जिम्मा पाएको पप्पु कन्ट्रक्सनलाई काम अघि नबढाउन निर्देशन दिँदा दिंदै पनि अटेर गरि निर्माण काम बढाइरहेकाले कारबाही गर्नुपर्ने समितिले निस्कर्ष निकालेको हो ।

समिती सभापति कल्याणी कुमारी खड्काको नेतृत्वमा समिति सदस्यहरु, विज्ञ र समिति सचिवालयका कर्मचारीहरु समेतको टोलीले मिति जेठ २ गते उक्त पुलको स्थलगत अवलोकन गरेको र त्यहाँ उपस्थित सर्वसाधारण, पत्रकारहरु, पुल महाशाखाका पदाधिकारीहरु, उपत्यका सडक विस्तार आयोजना प्रमुखसँग त्यहाँको समस्याका बारेमा जानकारी लिएको थियो।

अनुगमनको क्रममा २९.५ मिटर गहिरो(लम्बाई)का १६ वटा (१२००मिलीमिटर) पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको तर निर्माण व्यवसायीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको र २(दुई) वटा पाइल्स क्र्याक भएको प्राविधिक परीक्षणबाट देखिएको आयोजना सम्वद्ध कर्मचारीले जनाएका थिए।

निर्माणधीन पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिए पश्चात काठमाडौ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन भएको तर व्यवसायीले उक्त निर्देशनको पालना नै नगरी पुलको सव–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको समितिको निचोड छ।

पुल निर्माणका क्रममा तीनकुने खण्डमा निर्माण गरिएको संरचनाले मानवीय दुर्घटना हुने सम्भावनादेखिएकाले त्यस्ता संरचनाहरुको तत्काल व्यवस्थापनका लागि पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ४ : २४ बजे

झापा–५ मा बालेन्द्र शाह अगाडि, तेस्रो स्थानमा श्रम संस्कृति पार्टी

काठमाडौं– झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा

रुकुमपूर्वमा मतगणना सुरु

रुकुमपूर्व– हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार

नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपा धेरै मतले अगाडि

भक्तपुर– प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ । बिहीबार

रास्वपा ३६ ठाउँमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता

काठमाडौं– देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

अधिकृतको हस्ताक्षर विवादले स्याङ्जा-२ मा मतगणना सुरु हुन सकेन

स्याङ्जा – स्याङ्जा-२ को मतगणनामा विवाद भएको छ । ८९