युक्रेनको सेभरोडोनेट्स्क शहरमा रूसी सेना पस्यो « Khabarhub

युक्रेनको सेभरोडोनेट्स्क शहरमा रूसी सेना पस्यो


१६ जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सक्रिय प्रतिरोधका बाबजुद रुसी सेना पूर्वी युक्रेनी सहर सेभेरोडोनेट्स्कको मध्यभागमा पुगेको सो क्षेत्रका क्षेत्रीय गभर्नरले सोमबार बताएका छन् ।

‘रूसीहरू सेरोडोनेट्स्कको बीचमा अघि बढिरहेका छन् । लडाइँ चलिरहेको छ । स्थिति धेरै कठिन छ’ लुहान्स्क क्षेत्रका गभर्नर सर्गिय गाइदायले सामाजिक सञ्जालमार्फत् बताएका छन् ।

युद्धको प्रारम्भिक चरणमा युक्रेनको राजधानी किभमा आक्रमण गरेपनि किभलाई पूर्ण रूपमा कब्जा गर्न नसकेपछि रूसी फौजले पूर्वी डोनबास क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको र आफ्नो प्रभाबमा रहेका क्षेत्रहरूलाई सुदृढ पार्ने प्रयास गरिरहेको गभर्नर गाइदायले बताए ।

‘सेभरोडोनेट्स्कको महत्वपूर्ण आधारभूत संरचना ध्वस्त भएको छ र ६० प्रतिशत क्षतिग्रस्त आवासीय भवनहरू पुनः स्थापित गर्न नसकिने गरी ध्वस्त भएका छन्,’ गाइदायले टेलिग्राममार्फत् जारी सन्देशमा भनिएको छ ।

उनले भने, ‘त्यस इलाकाका तीन जना डाक्टरको गाडीमा नराम्ररी क्षति भएको छ भने उनीहरू सम्पर्कबिहीन रहेका छन् ।’ दुई जना स्वयंसेवकलाई गाडी चलाइरहेका समय रूसी फौजले उनीहरूलाई लक्षित गरी आक्रमण गरेको गभर्नरको आरोप रहेको छ ।

रुसीको सेनाको आक्रमणको प्रमुख उद्देश्य रहेको सम्पूर्ण लुगान्स्क क्षेत्र कब्जा गर्ने रूसको मार्गमा रहेका विभिन्न महत्वपूर्ण शहरी केन्द्रहरूमध्ये करिब एक लाख मानिसहरू बसोबास गर्ने सेभेरोडोनेट्स्क एक हो ।

यसअघि रूसी सेनाहरूले त्यस इलाकाको सानो शहर र पहिलेको रेल केन्द्र लिमानलाई कब्जा गरेको र सेभेरोडोनेट्स्क र यसको नजिकैको शहर लिसिचान्स्कमाथि दबाब बढाएको बताएका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ४ : २२ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार