सुनकोसीमा निर्मित फोक्सिङटारको बेलिब्रिज झिकियो « Khabarhub

सुनकोसीमा निर्मित फोक्सिङटारको बेलिब्रिज झिकियो


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङलाई पूर्वी शहरसँग जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाइएको छ । खोटाङको खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा गत १ पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज वर्षा सुरु भएसँगै झिकिएको हो ।

गाईघाट–दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले ९ जेठदेखि १५ जेठसम्म लगाएर बेलिब्रिज हटाएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताए ।

रेग्मी–भानुमती–चौधरी जेभीले बेलिब्रज हाल्ने र झिक्ने ठेक्का लिएको थियो ।

१०१ किलोमिटर लामो दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तरगत पर्ने फोक्सिङटारमा ‘आर्क’ डिजाईनको पुल निर्माणमा ढिलाइ हुँदा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ ।

३ वर्षअघि मोटरेबल पुल बनिसक्नु पर्ने फोक्सिङटारमा हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी अस्थायी बेलिब्रिज राख्ने गरिएको छ । निर्धारित समयमा पुलको काम सम्पन्न नहुँदा फोक्सिङटारमा बेलिब्रिज राख्ने र हटाउने शिर्षकमै नेपाल सरकारको करोडौं खर्च भइरहेको छ ।

निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीको ढिलासुस्तीका कारण दुई पटक म्याद गुज्रदा समेत १२० मिटर लम्बाई हुने पुलको काम पुरा हुन सकेको छैन ।

५० मिटर लम्बाई भएको सो बेलिब्रिज निकालेपछि दिक्तेल–गाईघाट सिधा यातायात बन्द भएको छ । बेलिब्रिज नहुँदा कम्तीमा ६ महिनाका लागि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो बाटो बन्द भएको हो ।

बेलिब्रिज हटाइएसँगै जिल्लावासी दिक्तेलबाट घुर्मी कटारी हुँदै पुर्वी शहर आउन र जान थालेका छन् । उपभोग्य वस्तु पुर्वी तराईबाट गाईघाट हुँदै भित्रिने गरेकामा पुन कटारी–घुर्मीको बाटो हुँदै भित्र्याउन थालिएको छ ।

फोक्सिङटारमा २०७३ सालदेखि निर्माण सुरु गरिएको पक्की पुल निर्माण भए बार्‍हैमास दिक्तेलबाट पुर्वी शहर आउ–जाउ गर्ने छोटो र स्थायी मार्ग खुल्ने छ । पुल निर्माणमा भएको ढिलासुस्ती अशर अन्य विकास निर्माणमा समेत परेको छ ।

.२२ चैत २०७३ सम्ममा सम्पन्न गर्नेगरी २३ चैत २०६९ मा सम्झौता भएको पुलको २०७३ साल कात्तिकमा डिजाईन परिवर्तन गरेर काम अघि बढाइएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ११ : ३६ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल