विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरेको भन्दै विधार्थीले गरे नाराबाजी | Khabarhub Khabarhub

विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरेको भन्दै विधार्थीले गरे नाराबाजी


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको कोल्हवी नगरपालिकास्थित एउटा विद्यालय हाताभित्र केही व्यक्तिहरुले मादक पदार्थ सेवन गरेको भन्दै विद्यार्थीलेहरूले नाराबाजीसहित विरोध गरेका छन ।

कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालय हाताभित्र विद्यालयका शिक्षकहरूले रक्सीसहित भोजभतेर गरेको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शिक्षकविरुद्ध नाराबाजी गरेका हुन ।

सोमबार विद्यालय आएका विद्यार्थीहरूले विद्यालय परिसरमा मदिराको खाली बोतल फालिएको देखेपछि विद्यार्थीले विरोध गरेका थिए । विद्यालयमा कार्यरत शिक्षक धिरेन्द्र चौधरी र कार्यालय सहयोगी कपिलदेव चौधरीको बिदाई कार्यक्रमका अवसरमा आयोजित भोजमा शिक्षकहरुले मदिरा सेवन गरेको विद्यार्थीहरुले बताएका छन ।

बिदाई कार्यक्रमको नाममा विद्यालय जस्तो पवित्र स्थलमा मादक पदार्थ सेवन गरेर विद्याको मन्दिरलाई शिक्षकहरूले नै अपवित्र पारेको र प्रधानाध्यापक रामप्रकाश चौधरीले नियन्त्रण गर्न नसकेको उनीहरुले आरोप लगाएका छन ।

घटनाको विषयमा विद्यार्थीहरले प्रधानाध्यापक चौधरीसँग जवाफ माग्न खोज्दा उनीहरुलाई विद्यालयबाट निष्काशन गरिदिने धम्की दिएपछि विद्यार्थीहरू थप आक्रोशित बनेका छन । बिदाई कार्यक्रम सकिएपछि आफूहरु घर गएको र मदिरा सेवन बारेमा केही जानकारी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार साहले बताए ।

शिक्षकहरूले रकम जम्मा गरेर भोजभतेर गरेको जानकारी प्राप्त भएको उनले बताए । उनले विद्यालय हाताभित्र गलत क्रियाकलाप भएको पाइएमा त्यस्ता शिक्षकलाई कारबाही गरिने बताए ।

तर, यस विषयमा प्रधानाध्यापक चौधरीले भने केही बताउन चाहका छैनन् ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ७ : १५ बजे

एक महिनामा वार्षिक लक्ष्यको ६ दशमलव ८५ प्रतिशत राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–८३ को

पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने

काठमाडौं– पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको

लिपुलेकबारे डा. भट्टराईको टिप्पणी :  नेपाली भूभागबारे नेपालको सहमतिबिना गरिने सम्झौता अमान्य  

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्र विज्ञ डा.

४६ वर्षपछि पर्दामा पुनर्मिलन गर्ने तयारीमा रजनीकान्त र कमल

काठमाडौं – तमिल सिनेमाका दुई महानायक रजनीकान्त र कमल हासन

ताराखोला गाउँ जलविद्युतको ‘हब’ : एउटै खोलामा ६ वटा आयोजना 

बागलुङ– बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ