सरकारले अटो लोनमा कडिकडाउ गर्दै « Khabarhub

सरकारले अटो लोनमा कडिकडाउ गर्दै


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी साधन खरिद तथा आयतको लागि बैंकले आयतकार्तालाई दिने ऋण टिआर (ट्रस्ट रिसिप्ट)मा सरकारले रोक लगाउने तयारी गरेको छ ।

वर्षेनी ठूला मात्रामा आयात हुने सवारीसधानका कारण मुलुकले व्यापार घाटा व्यर्होनु परेको निस्कर्षसहित सरकारले टिआर लोनमा रोक लगाउने तयारी गरेको हो । केही समय अघि मन्त्रिपरिषद्ले पारित गरेको ‘व्यापार घाटा न्यूनीकरण सम्बन्धि राष्ट्रिय कार्ययोजना’मा समेत विद्युत बाहेकका इन्धनबाट चल्ने गाडी आयातमा बैंकिङ ऋण नदिने भनिएको छ ।

सोही कार्ययोजनाको आधारमा राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेकाले अब आयतकर्ताले टिआर लोन नपाउने स्रोतको भनाई छ । स्रोत भन्छ ‘कार्ययोजना अनुसार टिआर लोनमा रोक लगाउने व्यवस्था हुँदैछ, आगामी आर्थिक वर्षबाट कडाईका साथ यो व्यवस्था लागु हुनेछ ।’

सरकारले ल्याएको कार्ययोजना अनुसार सवारीसाधन लगायत त्यसका पाटपुर्जा अयातमा समेत टिआर लोन लिन÷दिन नपाउने व्यवस्था छ । सावारीसधान आयतकर्ताहरुले भने उक्त व्यवस्थाको आलोचना गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले यस्तो व्यवस्थाले उद्धार अर्थ नीतिको सिद्धान्तलाइ आघात पुर्‍याउने प्रतिक्रिया दिएका छन् ।

सवारी आयतकर्ता समेत रहेका घिमिरे भन्छन् ‘ऋण पाइएन भने धेरै आयतकर्ताहरु समस्यामा पर्छन््, थोरै पुँजी नहुनेले एलसी समेत खोल्न सक्ने अवस्था रहँदैन दोकानमा ताला लगाउने स्थिती आउँछ ।’

राजस्वको तथ्याङ अनुसार यस आ.व.को चैत मसान्तसम्म कुल ७७ अर्ब ३४ करोड ५८ लाख रुपैयाँको सवारी साधन र पार्टपुर्जाको आयात भइसकेको छ । गत अर्थिक बर्षभरी १ खर्ब ५ अर्ब ९७ करोडको आयात भएको तथ्यांकमा उल्लेख छ ।

कार्ययोजनामा व्यक्तिले लिने सवारी–साधनको ऋणमा समेत कडी–कडाउ गर्न भनिएको छ । उक्त व्यवस्था कार्यन्यवनमा आए कुनैपनि व्यक्तिले बैंकबाट ५० प्रतिशतभन्दा बढी सवारी–ऋण पाउने छैनन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ५ : ५३ बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८