एमालेको लालकिल्ला तोड्दै मनहरीमा ‘नायक’ बनेका बर्तौला « Khabarhub

एमालेको लालकिल्ला तोड्दै मनहरीमा ‘नायक’ बनेका बर्तौला


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्लाको मनहरी गाउँपालिकाको अधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि प्रकाश बर्तौलाले नेकपा एमालेलाई मनहरीमा ‘पत्तासाप’ पार्ने बताएका थिए ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रकाशले आफ्नो अभिव्यक्तिलाई प्रमाणित नै गरिदिए ।

अघिल्लो स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित पाँचवटा वडा (वडा नम्बर – ९ मा एमालेकै स्वतन्त्र) जितेको एमालाई यस पटक भने गाउँपालिकामा जम्मा चार जना वडा सदस्यमा सीमित पारिदिए ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरेको कांग्रेस वडा भने एकल प्रतिस्पर्धामा उत्रिएको थियो ।

कांग्रेसले गाउँपालिका अध्यक्षसहित १, ३, ६, ७ र ८ मा प्यानलसहित र ९ नम्बर वडामा भने अध्यक्षमा जित्यो ।

बाँकी वडामा माओवादीले जित हात पारेको छ । अघिल्लो निर्वाचनमा दबदबा कायम गरेको एमाले भने चार जना वडा सदस्यमा मात्र यस पटक सीमित हुन पुगेको हो ।

केही वर्ष वैदेशिक रोजगारीका लागि क्यानडा पुगेर फर्किएका उनी राजनीतिमार्फत समाजसेवा गर्ने भन्दै राजनीतिमा आएका हुन् । राजनीतिमा प्रवेश गरेपछि पार्टी सभापति बनेसँगै उनले गाउँपालिकामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउन सके ।

‘राजनीतिमार्फत आफ्नै गाउँ ठाउँको विकास गरौं भन्ने उद्देश्यले अघि बढेको छु’, उनी भन्छन्, ‘मैले मात्रै चाहेरभन्दा पनि आम नेता कार्यकर्ताको मिहेनतबाट एमाले हराउन सफल भएँ ।’

गाउँपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनभावनाअनुसार काम गर्न उनको सुझाव छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ९ : २२ बजे

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश