एमालेको लालकिल्ला तोड्दै मनहरीमा ‘नायक’ बनेका बर्तौला | Khabarhub Khabarhub

एमालेको लालकिल्ला तोड्दै मनहरीमा ‘नायक’ बनेका बर्तौला


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्लाको मनहरी गाउँपालिकाको अधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि प्रकाश बर्तौलाले नेकपा एमालेलाई मनहरीमा ‘पत्तासाप’ पार्ने बताएका थिए ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रकाशले आफ्नो अभिव्यक्तिलाई प्रमाणित नै गरिदिए ।

अघिल्लो स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित पाँचवटा वडा (वडा नम्बर – ९ मा एमालेकै स्वतन्त्र) जितेको एमालाई यस पटक भने गाउँपालिकामा जम्मा चार जना वडा सदस्यमा सीमित पारिदिए ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरेको कांग्रेस वडा भने एकल प्रतिस्पर्धामा उत्रिएको थियो ।

कांग्रेसले गाउँपालिका अध्यक्षसहित १, ३, ६, ७ र ८ मा प्यानलसहित र ९ नम्बर वडामा भने अध्यक्षमा जित्यो ।

बाँकी वडामा माओवादीले जित हात पारेको छ । अघिल्लो निर्वाचनमा दबदबा कायम गरेको एमाले भने चार जना वडा सदस्यमा मात्र यस पटक सीमित हुन पुगेको हो ।

केही वर्ष वैदेशिक रोजगारीका लागि क्यानडा पुगेर फर्किएका उनी राजनीतिमार्फत समाजसेवा गर्ने भन्दै राजनीतिमा आएका हुन् । राजनीतिमा प्रवेश गरेपछि पार्टी सभापति बनेसँगै उनले गाउँपालिकामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउन सके ।

‘राजनीतिमार्फत आफ्नै गाउँ ठाउँको विकास गरौं भन्ने उद्देश्यले अघि बढेको छु’, उनी भन्छन्, ‘मैले मात्रै चाहेरभन्दा पनि आम नेता कार्यकर्ताको मिहेनतबाट एमाले हराउन सफल भएँ ।’

गाउँपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनभावनाअनुसार काम गर्न उनको सुझाव छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ९ : २२ बजे

इरानमा अमेरिकी आक्रमण : ओमान, कतार र इराकले के भने ? 

तेहारन– इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि प्रतिक्रिया आउन थालेका छन्।

रहेनन् घाटेवैद्य सुवर्ण बा 

काठमाडौं– पशुपति आर्यघाट सेवा केन्द्रमा अवस्थित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका

६१ किलो सुन तस्करी प्रकरण : अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो

काठमाडौं–  ६१ किलो सुनकाण्डमा पक्राउ परेकी अमला रोकालाई सरकारी वकिलसमक्ष

सुर्खेतको चौकुनेमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत- सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ,

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा

काठमाडौँ – नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको